पोखरामा आजदेखि तायामचा महोत्सव


समाचार कक्ष
३० साउन, पोखरा ।
पोखरामा आजदेखि तायामचा महोत्सव हुँदैछ ।
गाइजात्राको अवसरमा आयोजित महोत्सव भोलिसम्म चल्नेछ । महोत्सवको पहिलो दिन आज डिमोर्चा व्याण्डको प्रस्तुति रहने नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो ।
महोत्सवमा फुड फेष्टीवल, नेवारी संस्कृति झल्काउने नृत्य, बासुरी वादन, लाखे नाच, घोडा नाच, चौरी नाच, जनजाती नाच तथा यूवाहरुलाई आकर्षित गर्न पोखरेली व्याण्ड डिमर्चा, मौलीक धुन प्रस्तुत गर्ने लक्ष्य व्याण्ड, स्क्याच ब्याण्डको लाईभ प्रस्तुती रहने भीमसेन टोल सुधार समितिका अध्यक्ष शुरेश बजिमयले बताए ।

तायाः मचाः नृत्य प्रतियोगितामा २४ टोलको सहभागिता रहने बजिमयले जनाए । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्धितियलाई १० हजार, तृतियलाई ५ हजार, सान्त्वना हुने दुई टिमलाई जनही २ हजार ५ सय, प्रदान गरिनेछ भने उत्कृष्ट बाद्यबादन, उत्कृष्ट भेषभुषा, उत्कृष्ट जोकर, ख्यालि बजाउनेलाई एक हजार प्रदान गरिने उनले जनाए ।

पालिखेको अनुसार प्रतियोगितामा प्रथम हुनेलाई पिनगुइन मिनरल वाटरले १० हजारको खसी समेत प्रदान गर्ने भएको छ । नेवाः खलको आव्हानमा प्रत्येक वर्ष छुट्टाछुट्टै टोलमा तायाः मचाः नृत्य प्रतियोगिता गरिदँै आएको छ । प्रताप मल्लको छोरा चक्रवतेन्द्र मल्लको निधनले शोकमा रहेकी रानीलाई मन बुझाउन ताय ः मचा नृत्य सुरु भएको थियो ।
साढे दुई सय बर्ष अघिदेखि नेवारी समुदायमा नाचिने तायःमचाः नृत्यमा पुरुष नै परी बनेर नाच्दै आएकोमा दुई वर्षअघिदेखि महिला पनि परीको भेषमा प्रतिष्पर्धामा सहभागिहुँदै आएका छन् भने बाद्यबादनमा पनि सहभागि भएका छन् । तयाः मचा नाच पोखरामा मात्र प्रतियोगिताको रुपमा आयोजनाहुँदै आएको र नेवा सँस्कृति भएपनि विभिन्न जात जातिलाई प्रतियोगिता सहभागि गराउने गरिएको छ ।तायाः मचाः मा जोकर र चार जना परीले नृत्य गर्दछन् ।