ने.वि.संघद्धारा तालावन्दी


पोखरा, ३० श्रावण

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल इकाई समितिले वि.एड्.तेस्रो वर्षको माइक्रोटिचिङको विषयलाई लिएर अध्ययन अध्यापन विभागको भवनमा तालावन्दी गरेको छ ।

वि.एड्.तेस्रो वर्षको माइक्रोटिचिङको विषयमा क्याम्पस प्रशासनले एकलौटी तवरले विद्यार्थीको माग विपरित कार्य गरेको र पटक पटक यो विषयमा क्याम्पस प्रशासनलाई जानकारी गराउँदा समेत विद्यार्थीको माग सम्वोधन नहुने देखिएपछि क्याम्पस प्रशासनले विद्यार्थी प्रति देखाएको नकारात्मक शैलिले गर्दा वाध्य भएर तालावन्दी गर्नुपरेको ने.वि.संघ पृ.ना.क्या.का सभापति गोपाल गुरुङले जानकारी दिनुभयो ।

त्यसै समयमा सम्पूर्ण माइक्रोटिचिङका विद्यार्थीहरुले उक्त आन्दोलनप्रति समर्थन जनाउँदै केहि समय प्रशासन अगाडि नारावाजी समेत गरेका थिए । विद्यार्थीहरुको समस्याप्रति क्याम्पस प्रशासन नतमस्तक हुनुले आफूहरु आश्चर्य चकित भएको ने.वि.संघ पि.एन्.सी.ले जनाएको छ ।

यदि यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्न नखोजे कडा भन्दा कडा आन्दोलनमा उत्रने ने.वि.संघ पि.एन्.का सचिव दिपक शर्माले जनाउनुभयो ।