बुद्धको जन्मभूमि नेपालबाट विश्वले पाठ सिक्नु पर्छ – भारतीय प्रधानमन्त्री मोदी


पोखरा ३० साउन-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकाे शान्ति प्रक्रियाको सराहना गर्दै विश्वले नेपालबाट सिक्नुपर्ने बताएका छन् ।।
हिन्दूस्तान स्वतन्त्रताकोे ६८ औं दिवसका अवसरमा भारतको लालकिल्ला मैदानबाट विश्वलाई सम्बोधन गर्दै मोदीले भने ‘बुद्धको जन्मभूमि नेपालले आज हिंसाको बाटोमा लागेका विश्वभरका नौजवानहरुलाई शान्तिको बाटोमा फर्किन उत्कृष्ट सन्देश दिइरहेको छ । भारत भूमिबाट हामीले किन नेपालको सन्देशलाई नमन नगर्ने ?’ ।
आन्तरिक द्वन्द्वलाई सहजै सुल्झाउन सकिने मामलामा नेपालबाट विश्व समुदायले सिक्न सक्ने’ भन्दै मोदीले नेपालको शान्ति प्रकृयाको खुलेर सराहना गरेका छन् ।

विशिष्ट समारोह माझ प्रधानमन्त्री मोदीले दिएको अलिखित भाषणामा ‘बुद्धभूमी नेपाल’को सम्बोधनसँगै युद्धबाट बुद्ध र शस्त्रबाट शास्त्रमा रुपान्तरित राजनीतिक दलको सन्दर्भ उल्लेख गरेका थिए ।

आफूले भर्खरै नेपाल भ्रमण गरेको र सार्वजनिक रुपमै विश्वलाई आकषिर्त गर्ने भाषण नेपालको संविधानसभामा दिएको प्रसंग उल्लेख गर्दै मोदीले युद्धबाट बुद्धको बाटोमा जानेहरुका लागि नेपाल विश्वमै उत्कृष्ट नमूना बनेको बताए ।
मोदीले शस्त्र छाडेर शास्त्रको बाटोमा हिड्नका लागि नेपालका माओवादीले विश्वलाई सन्देश दिएको भन्दै मोदीले भारतका माओवादीलाई पनि नेपाली माओवादीबाट सिक्न आग्रह गरे । मोदीको सम्बोधन विश्वभरका करीब ५ अर्ब मान्छेले प्रत्यक्ष हेरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।