बार्सिलोनाको तिज कार्यक्रम ,पार्कमा त हैन हलैमा नाच्ने बरिलै


बसन्त रानाभाट
बार्सिलोना –
प्रवासी नेपाली मंच स्पेनले हरितालिका तिजको अबसरमा गर्न लागेको कार्यक्रमलाई पार्कमा नभई हलमा नै गर्ने भएको छ ।
यस अघि कार्यक्रमलाई मन्जुईक पार्कमा गर्ने भनिएपनि चेलीबेटीहरुको बिशेष अनुरोधमा पुन हलमा नै गर्न लागेको हो ।

अगस्ट महिनामा नगरपालिकाबाट सन्चालन भएका हलहरु बार्सिलोनामा बन्द रहने भएको हुनाले कार्यक्रमलाई सेक्टेम्बरको पहिलो साता भित्र गर्ने र अबिलम्ब मिति र समय तोक्ने मंचले जनाएको छ ।

IMG_0086

मंचले नेपालीनेपाली डटकमलाइ एक प्रेस-बिज्ञप्ति पठाउदै यस्तो जानकारी गराएको हो ।  मंचका महासचिब दिनेश गुरुङ (देउकाजी) ले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ,” अगस्ट २७ तारिक मन्जुईक पार्कमा तय गरिएको पूर्व निर्धारित तीज कार्यक्रमलाई ,स्पेन बासी नेपाली दिदि बहिनिहरुको बिशेष अनुरोधमा आगामी सेप्टेम्बरको पहिलो हप्तामा हलमा नै गर्ने गरि सारिएको जानकारी गराउछौ।

IMG_0044
मंचले आयोजना स्थल र समयमा परिबर्तन हुदा बार्सिलोना बासीलाई दुबिधा परेकोमा बिज्ञप्ति मार्फत क्षमा मागेको छ । यस बर्ष को हरितालिका तिज भदौ १२ गते , अर्थात अगस्ट  २८ तारिक परेको हुदा मन्चको कार्यक्रम भने तिज पछि धकेलिएको छ ।

IMG_0099

तर पनि पार्कमा भन्दा हलमा कार्यक्रम गर्दा एकै ठाउमा ध्यान केन्द्रित हुने, साथै दिदीबहिनीहरुको चाहना अनुरुप नै हलमा आयोजना हुने भएकोले उल्लेखेनिय सहभागिता रहने अनुमान गरिएको छ। मंचले कार्यक्रमलाई निशुल्क गर्दै दर पनि खुवाउने यस अघि नै जानकारी गराइसकेको छ ।

IMG_0020

तस्बिर – सन् २०१२ बार्सिलोनामा भएको तिज कार्यक्रमबाट  ( फाइल फोटो )