रोनाल्डो, रोबिन र नुयुर युरोपको उत्कृष्ट खेलाडीको अन्तिम तीनमा, मेस्सी भने परेनन्


२९ साउन, काठमाडौं –

क्रिष्टियानो रोनाल्डो सँगै आर्जेन रोविन र म्यानुयल नुयुर युरोपको उत्कृष्ट खेलाडीको अन्तिम तीनको मनोनयनमा परेका छन् ।
बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेज भने यूईएफए वेष्ट प्लेयर इन युरोप अवार्डको अन्तिम तीनको सूचीमा पर्न सकेनन् । विजेता अगष्ट २८ मा घोषणा हुनेछ ।
रोनाल्डोले गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिताएका थिए । उनले बालोन डि’ओरका विजेता समेत हुन् । उनी लगातार चार वर्ष अन्तिम तीनमा परेका हुन् । गत सिजन उनले च्याम्पियन्स लिगमा १७ गोल गरेर एकै सिजन सर्वाधिक गोलको कीर्तिमान बनाएका थिए ।
नुयुर यूईएफए वेष्ट प्लेयर इन युरोप अवार्डको अन्तिम तीनमा पर्ने पहिलो गोलरक्षक बनेका छन् । उनले क्लब बार्यन म्युनिखले गत सिजन जर्मन लिग जितेको थियो भने जर्मनीले विश्वकपको उपाधि उचाल्दा नुयुरले गोलपोष्ट सम्हालेका थिए ।
यूइएफएका ४ एशोसिएट सदस्यको मतका आधारमा अन्तिम दशमा परेका फुटबलरबाट अन्तिम तीनको नाम सार्वजनिक गरिएको हो । थोमर मुलर चौगो स्थानमा परेका छन् ।  फिलिप लाहम पाँचौ, लिओनल मेस्सी छैटौं, जेम्स रोडि्रग्वेज सातौं, लुइस स्वरेज आठौं, एन्जल डि मारिया नवौं र डिएगो कोष्टा दशौं नम्बरमा परेका छन् ।
२०१२/१३ मा बार्यनका फ्राङक रिबेरीले जितेका थिए भने २०११/१२ मा बार्सिलोनाका आन्द्रे इनिष्टा र २०१०/११ म्ा लिओनल मेस्सीले यो अवार्ड जितेका थिए भनी अनलाईन खबरले लेखेको छ।