नेवारी समाज स्पेनले पहिरो पिडितलाई ५०८. ७५ युरो उठायो,सामजिक कार्यको सफल शुरुवात


बसन्त रानाभाट
बार्सिलोना –
नेवारी समाज (पासा पुच) स्पेनले सुनकोशी पहिरो पिडितको सयोगार्थ  ५०८. ७५ युरो संकलन गरेको छ । पहिरो बाट ठुलो धन जनको क्षति पुगेको र पिडितहरुलाई राहत दिन सबै नेपाली लाग्नु पर्छ, भन्दै समाजले रकम संकलन गरेको हो । हालै स्पेनमा गठन भएको समाजले रकम संकलन गर्दै मानबिय विपत्तिको घडीमा राम्रो सामजिक कार्यको शुरुवात गर्न सफल भएको छ ।
एनआरएनए स्पेनले राहत कार्यमा सहयोग गर्न गरेको अपिललाई आत्मसाथ गर्दै उठेको रकम संघलाई हस्तारण गर्ने नेवारी समाज बिशेष समिति सदस्य सन्तोष श्रेष्ठले नेपालीनेपाली डटकमलाई बताए। एनआरएनए स्पेनका प्रबक्ता समेत रहेका श्रेष्ठले भने ” एनआरएन सबैको साझा घर हो ,त्यसैले सस्थाहरुले एनआरएनसँग  र एनआरएनले सस्थाहरुसँग  मुमुधुर सम्बन्ध बनाउदै, देश नै स्तब्ध हुने गरि भएको यो चोटमा मलम लगाउन हामीले हातेमालो गरेका हौ “।  सहयोग गर्ने सबैलाई धन्यबाद दिदै ,आफुहरु यो अभियानमा सफल पनि भएको श्रेष्ठले बताए ।
नेवारी समाज स्पेनले दिने यो रकम संगै एनआरएनए स्पेनले थालेको रकम संकलन कोषमा १९०८. ७५ युरो पुगेको छ ।  यहि अगस्ट १७ तारिक सम्म रकम संकलन गरी उठेको रकम अन्तराष्ट्रिय समन्वय परिषदलाई बुझाउने राष्ट्रिय समन्वय परिषद स्पेनले यस अघि बताईसकेको छ ।
(पासा पुच) स्पेनले रकम संकलनको लागी मोहन बाबु नेम्कुलको सम्योजकत्वमा पवन महर्जन,महन्त महर्जन, मुकेश महर्जन,निलु अवाले श्रेष्ठ ,सुन्दर टवती ,सुगन्ध खड्गी, सन्तोषी श्रेष्ठ, उमा श्रेष्ठको समिति बनाएको छ ।
संकलन कार्य आईतबारसम्म जारी रहने र अझै थप गर्न आफुहरु लागी पर्ने रकम संकलन समितीका संयोजक मोहन बाबु नेम्कुलले जानकारी दिए । दुखत घडीमा बिदेशमा बस्ने नेपालीले मात्र नभई नेपाल प्रती चासो राख्ने बिदेशीहरुले समेत सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै ,उनले अहिले सम्म सहयोग गर्ने सहयोग दाताको नामवली नेपालीनेपाली डटकमलाई उपलब्ध गरेका छन् ।

मान कृष्ण शाही -६० युरो
सन्तोष श्रेष्ठ – ५१ युरो
संजु मास्के श्रेष्ठ -३५ युरो
कृष्ण कुमार श्रेष्ठ – ३० युरो
निलु अवाले श्रेष्ठ – ३० युरो
देबेन्द्र श्रेष्ठ – ३० युरो
सन्तोषी श्रेष्ठ – २५ युरो
मोहन बाबु नेम्कुल -२५ युरो
सुन्दर ट्वती – २५ युरो
अनिता श्रेष्ठ – २५ युरो
संदेश महर्जन – १० युरो
एलियाना कस्तीयानो – १० युरो
निम्कुबर – १० युरो
राजिब कटुवाल – १० युरो
मधुसुधन उपाध्याय – १० युरो
पवन महर्जन – १० युरो
प्रमेश श्रेष्ठ – १० युरो
मुकेश महर्जन – १० युरो
नबिन महर्जन – १० युरो
अमिन मानन्धर – १० युरो
यासुनारी – १० युरो
बिदुर बस्नेत – ६ युरो
फेर्नाँदो – ५ युरो
इश्वर अमात्य- ५ युरो
बिकाश मानन्धर- ५ युरो
मोनिका महर्जन- ५ युरो
महन्त महर्जन- ५  युरो
खोरखे – ५  युरो
खोराखे ज्याकी – ५ युरो
रबि कुमार थापा – ५ युरो
ख्वान कार्लोस – ४,७५ युरो
हुस्रन – २       युरो