सिन्धुलीगढी पुनर्निर्माण सहयोगार्थ,बार्सिलोनामा छक्का पन्जा ३


बार्सिलोना।सिन्धुलीगढी जीर्णोद्धार एवं पुनर्निर्माण सहयोगार्थ बहुचर्चित नेपाली चलचित्र छक्का पन्जा ३ प्रदर्शन हुने भएको छ। स्पेनको बार्सिलोनामा आगामी साता चलचित्र प्रर्दशन हुन लागेको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सिन्धुलीगढी जीर्णोद्धार एवं पुनर्निर्माण गुरुयोजना सुरु गरेपछि सिन्धुलीगढी टाक्सफोर्स टिमले अर्थ संकलन अभियान जारी राखेको छ।सोही अभियानमा  साथ दिदै सिन्धुलीगढी पुनर्निर्माण सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागिएको हो। टाक्सफोर्स सदस्यहरुमा स्पेनबाट मुक्त बहादुर गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन्।

जीर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचना पुनस्र्थापना गर्ने उद्देश्यले एनआरएनएले गुरुयोजना तयार पारिसकेको छ। हाल जीर्ण अवस्थामा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचना पुनस्र्थापना गर्ने उद्देश्य एनआरएनएले राखेको छ।

टाक्सफोर्स सदस्य श्रेष्ठले यसबर्षको सुपरहिट चलचित्र हेर्नको लागि स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्। उनले भने,” चलचित्रबाट मनोरञ्जन मात्र नभई एनआरएनको सिन्धुलीगढी पुनर्निर्माण अभियानमा समेत सहयोग पुग्नेछ। हामीले स्पेनबाट हरेक कामका लागि सहयोग पुर्याउदै आएका छौ फेरि यो अभियानका लागि एकैसाथ जुट्न संघ संस्था लगायत स्पेनबासी नेपाली समुदायलाई अनुरोध गर्दछु।

यता सुपरहिट नेपाली चलचित्र ‘छक्का पन्जा ३’ ले ५१ दिन मनाउदै खुशी समेत बाँडेको छ। कथावस्तु, गीतसंगीत, मौलिकताको आधारमा बनेको नेपाली चलचित्रले देश तथा बिदेशमा दर्शकहरुको मन जितिसकेको छ।

चलचित्र प्रदर्शन बारे बिबरण:-

चलचित्र प्रदर्शन बारे बिबरण:-

मिति:- १२ डिसेम्बर, बुधबार

चलचित्र हल:- जिरोना सिनेमा हल बार्सिलोना

टिकट शुल्क:- १० युरो  

समय:- दिउँसो ४: ४५ बजे