लायन्स भृकुटीको रक्तदानमा ५४ यूनिट संकलन


पोखरा । लायन्स क्लब अफ पोखरा भृकुटीको आयोजनामा भएका मंगलबार भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि १ का निवर्तमान गर्भनर धनराज आचार्यले पहिलो रक्तदाता प्रहरी जवान दिलबहादुर शाहीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।


सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति तथा ब्लड बैंकका संयोजक डण्डराज शर्मा, लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष जितेन्द्रमान शाक्य, नयाँवजार साँस्कृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष कृष्णबहादुर रानाभाटलगाएतले रक्तदानको महत्वबारे भनाई राखेका थिए ।

२७ औं विश्व अपाङ्गता दिवसको अवसर पारी सोही कार्यक्रममा पृथ्वीनारायण क्याम्पस स्नातक तहमा अध्ययनरत ५ जना दृष्टि विहिन छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

क्लबका अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा संचालन कार्यक्रम संयोजक स्वस्तिका लामिछानेले गरेकी थिइन् ।