इपिआई नर्सिङकोे सिस्टम ओरिन्टेसन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न


पोखरा । नर्सिङ एसोसियसन अफ नेपालको आयोजनामा तिन दिने सिस्टम ओरिन्टेसन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

रोगसँग मात्र केन्द्रित नभई कुनै पनि विपतका बेला आधुनिक प्रविधिको प्रयोगबाट सेवा प्रदान गराउनका निम्ति उक्त तालिमको अयोजना गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य कार्यलयका प्रमुख राजेन्द्र प्रसाद घिमिरेले दुर्गम क्षेत्रमा विपतको बारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले भुकम्प, बाढीपहिरो लगायतका विपत व्यवस्थापनका कार्यक्रम वडास्तरबाट सञ्चालन हुनुपर्नेमा जोड दिए । तालिम अवधि भर सिकेका बिषयबस्तुलाई आ–आफ्ना क्षेत्रमा गएर परिचालन गर्न निम्ति आग्रह गरेका थिए ।

सोही अवसरमा नेपाल नर्सिङ संघ कास्की शाखाको अध्यक्ष क्षेत्र रोकाले विपत व्यवस्थापनलाई आधुनिक प्रविधिको प्रयोगबाट समस्याको निर्मुलीकरण गर्नका निम्ति नर्सहरुलाई दक्ष बनाउने उद्देश्य तालिमले लिएको बताए ।

उक्त तालिममा प्रशिक्षकको रुपमा पोखरा नर्सिङ क्याम्पसको फ्याकेल्टी मेम्भर सफलता श्रेष्ठ, रोशनी श्रेष्ठ, सृजना लिङथेप, शारदा बराकोटी, बसन्ता पोख्रेल र फिल्ड कोओडिनेटर रोशनी घिमिरेले इपिआई नर्सिङको परिचय, वेभ सिस्टम अफ साइन ओएस+, जिओ म्यापिङ्ग, विपत व्यवस्थापनका अवस्था, सिमा लगायतका बिषयमा फरक–फरक सेसनमा रही प्रशिक्षण गराइएको थियो ।

सो कार्यक्रममा उपस्थितिको तर्फबाट चिलाउनेबाँस स्वास्थ्य चौकी, स्याङजाकी नर्स निर्मला क्षेत्रील नर्सहरुले आधुनिक स्तरबाट कसरीे विपत व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा जानकारी पाएको वताए ।

गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा र कास्की जिल्लाका नगर, समुदाय एवं विभिन्न शैक्षिक संघसंस्थाका नर्सहरु गरी ३० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नेपाल नर्सिङ संघ कास्कीको सदस्य मिनु श्रेष्ठले गरेकी थिइन ।