इबोला भाइरस कसरी सर्छ ? (भिडियोसहित)


काठमाडौं, साउन २८ –

केही समयसम्म नामै नसुनिएको ‘इबोला’ नामक भाइरसले यतिबेला विश्वभर सन्त्रास फैलाएको छ । पश्चिम अफ्रिकी मुलुक गिनीमा जब यो भाइरस फेला परेपछि यसको संक्रमण दिन दुगुना रात चौगुना बढ्दैछ ।

सन् १९७६ मा पहिलो पटक सार्वजनिक रुपमा बाहिर आएको यो भाइरसले यो वर्ष अर्थात् सन् २०१४ को सुरुआतमै विकराल रुप धारण गरेको हो ।

औषधि नै नभएको यस भाइरसको नियन्त्रणका लागि बिरामीमा परीक्षणका लागि औषधि प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले अनुमतिसमेत दिएको छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) :-स्रोत इमेज खबर