पत्रकारको पिडा पत्रकारले नै बुझ्छ ,घाइते पत्रकारलाई तीनलाख सहयोग


काठमाडौं,साउन २८-

दुर्घटनाबाट घाइते दुई आर्थिक पत्रकारको उपचारार्थ नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले तीनहजार एकसय डलर सहयोग गरेको छ । 
नेजाले आफ्ना सदस्य तथा शूभेच्छुकहरुबाट संकलन गरेको उक्त रकम मंगलबार नेपाल पठाएको छ। आर्थिक पत्रकारद्वय किरण अधिकारी र मोदनाथ ढकालको उपचारको लागि नेजाले एकसातादेखि सहयोग संकलन अभियान थालेको थियो।
गत साउन १० गते भक्तपुरको नगरकोटबाट फर्कने क्रममा दुबै जना बस दुर्घटनामा परेर गंभिर घाइते भएका थिए। दुबै जनाको ललितपुरको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
उक्त रकम पत्रकार महासंघको समन्वयमा नेपाल आर्थिक पत्रकार समाज  सेजनलाई हस्तान्तरण गरिने भएको छ।

(सेजन)को आग्रहमा नेजाले संकलन गरेको तीनलाख एकहजार एकसय रुपैयाँ नेपाल पठाएको हो। ‘पहिलेदेखिनै नेजाले नेपालमा कृयाशील पत्रकारहरुलाई स्वास्थ लगायत कुनै समस्या पर्दा सहयोग गर्दै आएको छ,’।

घाइते पत्रकारको उपचारका लागि अमेरिकामा रहेका ६२ जना पत्रकार तथा शुभेच्छुकहरुले सहयोग गरेका थिए। दाताहरुले कम्तिमा २० डलरदेखि एकसय ६१ डलरसम्म सहयोग प्रदान गरेको नेजाले जनाएको छ ।