१२ बर्ष पछि यूइएफए सुपर कपको उपाधि रियल मड्रिडलाई , रोनाल्डो बने हिरो


बार्सिलोना-
च्याम्पियन्स लिग विजेता रियल मड्रिडले १२ बर्ष पछि यूइएफए सुपर कपको उपाधि जितेको छ ।
क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले सुपर कपको उपाधि जितेको हो । खेलको ३० औं मिनेटमा वेलको लङ पासमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा नै रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।

1407877340870_wps_3_Real_Madrid_s_Portuguese_
खेलमा थप गोल हुन सकेन र रियल मड्रिड २–० को जितका साथ च्याम्पियन बन्यो । यस अघि सन् २००२ मा मड्रिडले जितेको भए पनि सन् १९९८ र २००० मा रनर अफमा नै चित्त बुझाएको थियो।
मंगलबार राति भएको खेलमा च्याम्पियन्स लिग विजेता रियल मड्रिडले युरोपा लिग च्याम्पियन सेभिल्लालाई २–० गोल अन्तरले पराजित गरेर सिजनको पहिलो उपाधि हात पार्न सफल रह्यो ।

1407877345240_wps_4_Real_Madrid_s_Iker_Casill

कार्डिफमा भएको खेलमा रोनाल्डो, वेल र करिज बेन्जिमासहित रियल मड्रिडमा यो सिजन क्लबमा अनुवन्धित गोल्डेन बुट विजेता जेम्स रेड्रिग्वेज र विश्वकप विजेता टोनी क्रुजसहित मैदान उत्रिएको थियो ।
खेलमा उत्रेको मड्रिडको पहिलो रोजाईको ११ जनाको समुहको मुल्य ५२६ मिलियन पाउण्ड जुन फुटबल इतिहासमा नै अहिले सम्मकै सबै भन्दा महंगो टिम हो ।

 

_76904930_0a159f46-8e1c-4277-bf7b-aee0c2f71985