पोखरा बैदामका निरज भुजेल फेवातालमा बेपत्ता ,खोजी जारी


पोखरा,  साउन २७-

पोखराको फेवातालमा डुबेर एक जना बेपत्ता भएका छन् । डुङ्गामा भरिएको पानी निकाल्न गएका पोखरा ६ बैदामका निरज भुजेल तालमा डुवेका हुन् ।

डुङ्गाबाट पानी निकाल्ने क्रममा तालमा डुङ्गा सहित डुबेका उनको अबस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । बिहान करिब साढे नौ बजे तालमा हराएका भुजेलको खोजि जारी रहेको प्रहरीले बताएको छ । उनि सगँ डुबेका एक जना भने बाच्न सफल भएका थिए ।