एसइइ उत्तिर्ण विद्यार्थीहरुलाई आमा समुहद्धारा बधाई


पोखरा । पोखरा–९, दरबारथोकमा रहेको चण्डिका आमा समुहको आयोजनामा २०७४ सालको एसइइ परिक्षामा उत्तिर्ण सदस्यका छोराछोरीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।

सो अवसरमा आमा समुहकी सदस्य आरति रानाभाट तथा संचारकर्मी कृष्ण रानाभाटका छोरीहरु आकृति रानाभाट र प्रकृति रानाभाटले सगरमाथा निकेतन स्कुलबाट क्रमशः ३.३५ र ३.७ जिपिए र समुहकी सदस्य तथा वडा कार्यलय ९ की कर्मचारी गौरा पौडेल शर्माका छोरा सन्देश पौडेलले पोखरा पव्लिक स्कुलबाट ३.४ जिपिए ल्याई उत्तिर्ण भएकोमा उनिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ वडा अध्यक्ष रामराज लामिछानेले उद्घाटन गरेका थिए । उनले योग्यता पुगेका जेहेन्दार युवाहरुलाई जागिरको सिलसिलामा कुनै सहयोग चाहिएमा आफुले सहयोग गर्न तयार रहेका वताए । साथै उनले वडा नं. ९ विपन्न देखि धनाढ्यहरुको वसोवास रहेको क्षेत्र भएकोले विकासका हरेक कुरामा चुनौती रहेको वताउँदै केही टोलका वालवालिकाहरुलाई अझै पनि स्कुलको पहुँचभन्दा टाढा रहेको

कार्यक्रमका वडा सचिव लोकदर्शन कोइरालाले वालवालिका भविष्यको कर्णधार हुन भने अहिलेको साँझेदार भएको वताउँदै उनिहरुको शिक्षा दिक्षामा अभिभावकको भुमिका महत्वपुर्ण हुने वताए ।

०६८ सालदेखि आमा समुहले एसएलसी उ्िरत्तण विद्यार्थीहरुलाई सम्मान गर्दै आएको र सो कार्यक्रममा सम्मान पत्र तथा अन्य आवश्यक खर्चको सम्पुर्ण जिम्मेवारी लिने शालिकराम अधिकारीलाई प्रशंषापत्र प्रदान गरीएको थियो ।

कार्यक्रम सम्मानित हुने प्रकृति रानाभाट, सन्देश पौडेल र आकृति रानाभाटले सम्माने आफुहरुलाई अझै धेरै मेहनत गर्न हौसला प्रदान हुने वताउँदै समाज र देशको लागि अहिलैबाट सोच्ने गरेको वताएका थिए ।

सो अवसरमा लक्ष्मी आवासिय माविका प्राचार्य शालिकराम अधिकारी, समाजसेवी वेदकुमार श्रेष्ठ, तालवाराही खबर साप्ताहिकका सम्पादक सुर्य सिकारु, दरबारथोक एड्भरटाईजिङ एजेन्सीका कृष्ण रानाभाटलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

समुहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सम्झना रानाभाटले र संचालन रेडियो गोर्खालीकी स्टेशन म्यानेजर खिमा गुरुङले गरेकी थिइन् ।