सुनकोशीमा पहिरोपछि उद्धार र पुनस्र्थापनाका लागि के भइरहेको छ ? ( साझा सबाल )


सुनकोशीमा आएको विनाशकारी पहिरोपछि पीडामा परेकाहरुको उद्धार र पुनस्र्थापनाका लागि के भइरहेको छ ? भविष्यमा यस्तै प्रकोपबाट हुने क्षति कम गर्न के गर्न गर्न सकिन्छ? आज हामी सुनकोशी नदीमा गएको पहिरोमा परी आफन्त र धनजन गुमाएकाहरु र वरपरका प्रभावितहरुसँग छलफल गर्न सुनकोशीको पहिरो गएको स्थल नजिकै लामोसाँघुमा आएको छौं । वहसमा हामीसँग गृह मन्त्रालय विपद् व्यवस्थापन शाखाका यादव कोइराला, सिन्धपाल्चोकका एमाओवादी सभासद् अग्नि सापकोटा र भूगर्वविद् रन्जन दाहाल हुनुहुन्छ । पहिरोबाट उद्वार गरिएकाहरुलाई राखिएको शिविर नजिकै भइरहेको आजको बहसमा पहिरो पीडित र अन्य गरी करिब दुई सयजना सहभागी हुनुहुन्छ ।