जर्मनीका मिरास्लाभले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए


काठमाडौं ,साउन-

जर्मनीका मिरास्लाभ कोल्जाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

उनले हालै ब्राजिलमा भएको विश्वकपमा रोनाल्डोको नाममा रहेको विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । ‘म निकै खुसी छु र जर्मन फुटबलको यो ठूलो सफलतामा योगदान गर्न पाएकोमा गर्व लागेको छ’ उनले भनेका छन् ।
३६ वर्षका क्लोज चार बटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी हुन् । जर्मनीका लागि १३७ क्याप जितेका उनले सर्वाधिक ७१ गोल गरेका छन् । पोल्याण्डमा जन्मिएका क्लोजले ब्राजिल विश्वकपमा दुई गोल गरेका थिए ।
‘ब्रजिलमा विश्वकप उपाधि जित्दा बाल्यकालदेखिको सपना पूरा भयो’ जर्मन फुटबल एशोसिएसनद्धारा जारी क्लोजको विज्ञप्तिमा भनिएको छ ।