गैरआवासीय नेपाली संघ युकेको कँडेल पक्षले बोलाएको भेला यथावत


लण्डन –

गैरआवासीय नेपाली संघ युकेको कँडेल पक्षले आइतवारका लागि बोलाएको भेला यथावत रहेको महासचिव राजकुमार त्रिपाठीले बताए । उनले भने काउन्सिल बैठक यही आइतवार बोलाएका थियौं, तर त्यसलाई आइतवार सम्पन्न बैठकले अगस्त ३१ तारिखलाई सारेको हो, तर १७ तारिख आइतबार हुने भेला भने यथावत नै छ ।
सो भेलाले काउन्सिल बैठकमा केकस्ता एजेण्डा प्रस्तुत गर्ने भन्ने सम्बन्धमा छलफल गर्ने त्रिपाठीले प्रस्टाए । यसअघि कँडेलपक्षले बोलाएको सो भेला स्थगित भएको समाचार बिभिन्न अनलाइनमा सार्वजनिक भएको थियो ।
यसअघि गैरआवासीय नेपाली संघ युकेको बैठकले काउन्सिल बैठकका लागि महेन्द्र कंडेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो । कंडेलले गैरआवासीय नेपाली संघ बेलायतलाई एकताबद्ध बनाएर लैजान काउन्सिल बैठक कोशेढुंगा सावित हुने बताए । उनले सबै पक्षको सहमतिमा काउन्सिल बैठक ३१ आइतवारलाई सारिएको जानकारी दिएको नेपालब्रिटेन  डटकमले जनाएको छ