मलेशियामा नेपालीलाई नै अपहरण गरी फिरौती लिने, कमलबहादुर गौली चितवनमा पक्राउ


काठमाडाै‌, साउन २७

मलेसियामा नेपालीलाई अपहरण गरी फिरौती लिने एक जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले तनहुँ पुर्कोट ५ का कमलबहादुर गौलीलाई चितवनको सौराहाबाट पक्राउ परेको हो ।
रोजगारीका लागि मलेशिया पुगेका रामप्रसाद नेपाललाई मलेसियाको कोत्राय भन्ने ठाँउबाट पक्राउ परेका गौली लगायत अन्य नेपाली र मलेसियन नागरिक समेत गरी ६ जना मिलेर अपहरण गरी ५ दिन सम्म आँखामा पट्टि तथा हात खुट्टा समेत बाधी जंगलको बिच बस्तिको घरमा बन्धक बनाएका थिए ।

५ दिन सम्म आँखामा पट्टि तथा हात खुट्टासमेत बाँधी जंगलको बिच बस्तिको घरमा बन्धक बनाई नेपालमा पीडितका आफन्तसँग गौलीले ३० लाख रुपैयाँ फिरौति मागेका थिए ।
जोहरबारूबाट शहर लाने क्रममा अपहरणकारीहरू चढेको गाडी दुर्घटना भएपछि रामप्रसाद भगेर नेपाल फर्किएका थिए । नेपाल आएपछि उनै रामप्रसादले दिएको जाहेरीको आधारमा प्रहरीले गौलीलार्इ पक्राउ गरेको हो ।