आँट छ भने सरकार छाडेर गए हुन्छ एमालेले- डा. शेखर कोइराला


काठमाडौं २७ साउन,
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी ओलीप्रति कडा रोष व्यक्त गरे । ‘म केपी ओलीसँग क्षुब्ध भएको छु ।’ उनले भने ।
‘एमालेले सरकार छाडेर गए हुन्छ’ डा. कोइरालाले धम्की दिँदै भने- ‘केपी ओलीलाई म प्रधानमन्त्री हुने बाटो पनि बताइदिन्छु, पहिले सरकार ढाल्नुपर्‍यो, त्यसका लागि सरकार छाड्नुपर्‍यो ।’
आफूलाई लागेको कुरा स्पष्ट राख्ने डा. कोइरालाले एमालेलाई मात्र होइन, आफ्नै पार्टीका नेता र मन्त्रीलाई पनि ठोक्न भ्याए । उनले प्रधानमन्त्री सुशील कोइरालालाई नसक्ने भए छाडेर अरुलाई जिम्मा दिन आग्रह गरे । प्रधानमन्त्री बिरामी भएको छ भन्दै देश अघि बढ्न नरोकिने उनले बताए ।
कांग्रेस केन्द्रीय समितिको बैठक नबोलाउनेमा सुशील कोइराला, शेरबहादुर देउवासहितका पदाधिकारी र मन्त्रीहरु लागिपरेको आरोप लगाउँदै डा. कोइरालाले बैठक बस्यो भने कांग्रेसका मन्त्रीलाई कठघरामा उभ्याउने चेतावनी दिए ।
सभासद डा. कोइरालासँग अनलाइनखबरका लागि गरेको कुराकानी :