नेपालीका नायक श्रीकृष्णलाई हजारौ शुभचिन्तकले आशु झार्दै बिदाई ,राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि


काठमाडौं , साउन २६-

नायक श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । राष्ट्रिय सम्मानका साथ उनको अन्तिम विदाइ गरिएको हो। उनको पार्थिव शरीरमा उनका दाजुले दागबत्ती दिएका छन्।

Shreekrishna-death-rituals-4

१० प्रहरीको टोलीले सम्मान दिएको छ । त्यसअघि उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । श्रेष्ठप्रति श्रद्धान्जली व्यक्त गर्न हजारौं समर्थक तथा शुभचिन्तक पशुपति आर्यघाट पुगेका थिए । प्रज्ञा भवन भवनमा अन्तिम श्रद्धान्जलीका लागि राखिने भनिएपनि भिड व्यवस्थापन गर्न नसक्दा श्रेष्ठको पार्थिव शरीरलाई राख्न सकिएन थिएन ।

Shree-krishna-sab-yatra-2
‘बोन क्यान्सर’का कारण नयाँदिल्लीमा निधन भएका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको शवलाई आज दिउँसो ३ बजे विमानस्थलबाट सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माइतिघर, रत्नपार्कहुँदै श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान लगिएको थियो ।

rajesh-hamal-main

शवयात्रामा सहभागी कालाकार तथा समर्थकको आँखा रसाएका थिए ।
दुई दशकदेखि नेपाली चलचित्रको विकासमा क्रियाशील श्रेष्ठको हाडको क्यान्सर तथा निमोनियाका कारण भारतमा उपचारको क्रममा ४७ वर्षको उमेरमा निधन भएको थियो ।

swaita-khadka