राष्ट्रपति र प्रधानमन्त्री बिच भेटबार्ता


काठमाडौँ, साउन २६
प्रधानमन्त्री सुशील कोइराला र राष्ट्रपति रामवरण यादव बीच सोमबार राष्ट्रपति निबासमा भेटवार्ता भएको छ । राष्ट्रपति  यादबलाई भेट गर्न प्रधानमन्त्री राष्ट्रपतिको सरकारी निवास पुगेका थिए।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले दिएको जानकारी अनुसार करिब ४५ मिनेट भएको छलफल एकआपसको स्वास्थ्यलाभको कामना, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमण, संविधान निर्माण प्रक्रिया र सरकारी कामकारबाहीका सम्बन्धमा बिषयमा छलफल केन्द्रित रहेको जनाएको छ ।