वीर अस्पतालको आन्दोलन टुंगियो,९ बुँदे सहमति


काठमाडौं, साउन २६ – आवासीय चिकित्सक संघको आहृवानमा मुलुककै जेठो वीर अस्पतालमा जारी आन्दोलन टुंगिएको छ ।

वीर अस्पतालले स्थान उपलब्ध गराएको एक महिनाभित्र स्वास्थ्य सेवा विभागले सिटी स्क्यान मेसिन दिने भएको छ ।

स्वाथ्य मन्त्रालयका प्रतिनिधि, आन्दोलनरत आवासीय चिकित्सक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीहरुबीच सोमबार भएको वार्तामा वार्तामा ९ बुँदे सहमति भएको छ। सहमतिसँगै आवासीय चिकित्सकहरुको आन्दोनल अन्त्य भएको छ ।

वार्तामा वीर अस्पतालले मेसिन जडान गर्ने स्थान उपलब्ध गराएको एक महिनाभित्र स्वास्थ्य सेवा विभागले सिटी स्क्यान मेसिन उपलब्ध गराउने, वीरको अस्पतालको विनियोजित बजेटको मेनिस औजार खर्च शीर्षकको रकमबाट यसै आर्थिक वर्षभित्र एमआरआई मेसिज खरिद गर्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

आवासीय चिकित्सक संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र स्वास्थ्य मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएसँगै आन्दोलन टुंगिएको हो । साउन ११ गतेदेखि संघले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेको थियो ।