प्रदेशको अधिकार स्थापित गर्ने कार्यमा व्यस्त छ ः कानुन मन्त्री चुमान


पोखरा । प्रदेश नं. ४ का आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रदेश सरकार प्रदेशको अधिकार काुननी रुपमा स्थापित गर्ने कार्यमा लागेको बताएका छन् । रेडियो राईट्स नेपाल १०५.३ मेगाहर्जको भिट्टेपात्रो विमोचन तथा सात्क्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानिय तहलाई आवाश्यक पर्ने नियमावली सहितका ६ वटा कानुनहरु पारित गरिसकेको बताए ।

करिब २० वटा जति काुननहरु पाईपलाईनमा रहेको जानकारी दिदै उनले १४ वटा कानुनहरुलाई छिट्टै प्रदेशसभामा पेश गर्ने तयारी गरिएको बताए । प्रदेशको अधिकारका विषयमा संघिय सरकारसंग समेत आवाश्यक समन्वय गर्नु पर्ने अवस्था रहेको मन्त्री चुमानले बताए ।

४ नं. प्रदेशको विकास र समृद्धिका सन्दर्भमा यहाँको प्रथामिकता र सम्भावनाका क्षेत्रहरु पहिचान गरि प्रदेश सरकारले आफ्ना आगामी नीति तथा कार्यक्रमहरु तय गर्ने उनले बताए । पर्यटकिय क्षेत्र लेकसाईडलाई २४ सै घण्टा खुला गर्ने, पोखराको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने,

सडक सुरक्षालाई भरपर्दो बनाउने, छाडा पशुचौपाँयहरुको नियन्त्रण तथा व्यवस्थापन गर्ने र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यहरु प्रदेश सरकारले तत्कालै गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यले विकासका लागी एकले अर्काको आलोचना गर्ने अवस्थालाई अन्त्य गर्दै समृद्धि प्राप्तीको अभियानमा विलम्व गर्ने छुट कसैलाई नभएको बताए ।

नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले प्रदेश नं. ४ को पर्यटन विकासमा विषेस जोड दिनु पर्ने बताईन् । उनले भैरहेको स्थलहरुको संरक्षण तथा नयाँ गन्तव्यहरुको पहिचान आवाश्यक रहेको उल्लेख गरिन ।

कार्यक्रममा वाईसियल वडा नं. १६ का अध्यक्ष लिलाधर आचार्य, फोनिज कास्कीका अध्यक्ष एमवि आस्था, बास कास्कीका अध्यक्ष शिवराज बस्ताकोटी, पोखरा तारामण्डल एंव विज्ञान केन्द्रका संचालक मोहदत्त पोखरेल, एलसि प्रदर्श युनाईटेडका सचिव सुनिल थापा र कलाकार बाबुराम बस्ताकोटी लगायतले मन्त्री चुमानसंग सात्क्षात्कार गरेका थिए ।

अकला मिडिया प्रालिका अध्यक्ष विराज शर्माको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा स्वागत स्टेशन म्यानेजर लक्ष्मी गिरी र संचालन प्रबन्ध निर्देशक भिम थापाले गरेका थिए । वि.स २०७५ सालका विभिन्न विषयहरुलाई समेटिएको भिट्टे पात्रो रेडियो स्थापनाको पहिलो वर्ष मै प्रकाशन गरिएको हो ।