बसन्त थकालीले एकल साँझमा १३ गीत सुनाए


राजाराम पौडेल, पोखरा – लोकदोहोरी गायक बसन्त थकालीको एकल साँझ पोखरामा शनिबार सम्पन्न भएको छ । बसन्त रुबिना फाउन्डेसनको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा उनका गीत सुन्दै लोक संगीतप्रेमी रमाए । पहिलोपटक आयोजित एकल साँझमा उनले कुल १३ गीत सुनाए ।

स्टेजमा उक्लदासाथ भावुक बनेका थकालीले विभिन्न श्रष्टा, साथी तथा घटनाक्रमको बारेमा जानकारी दिँदै आफ्नो प्रस्ुतती राखे । पाण्डव सुनुवार र बासुदेव मुनालको गीत बामरी फुलको गीत बाट आफ्नो प्रस्तुती आरम्भ उनल गरे । त्यस लगत्तै आफ्ना आवाजका गीत जोमसोम माथी ठिनी गाउँ, घर त पोखरा, पैले माया लाइएन, माया सलल, बाचुन्जेल जे छ हजुर, झल्को उही दिनको, गाउँघरको झिल्के मत, गएको राती त्यो मध्यरातमा, कमल फूल फूल्यो, मलाई मेरो तलबले, अधेरीमा जुनतारा हुँदै मेरो देश नेपाल गीत सुनाउदै एकल साँझको विट मारे । गायनमा उनलाई कृष्ण परियार र माया गुरुङले साथ दिए । उपस्थित दर्शकले नाच्दै गाउदै उनलाई साथ दिँदा माहोल रमणिय बन्न पुग्यो ।


प्रदेश नम्बर ४ का प्रदेश सांसद इन्द्रधारा विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै थकालीले गीतसंगीत, खेलकुद तथा सामाजिक क्षेत्रमा गरेको अगुवाईको सांसद विष्टले खुलेर प्रशंसा गरे । सरकारले ल्याएको समृद्धिको सपना पुरा गर्नमा थकाली जस्ता व्यक्तिहरुले गरेको कार्यले महत्वपुर्ण भुमिका खेल्ने उनको भनाइ थियो । बसन्त रुबिना फाउन्डेसनका अध्यक्ष कृष्ण सुवेदी अध्यक्षतामा भएको कार्यक्रममा, संस्थाका उपाध्यक्ष जीवन दाहाल र सचिव बसन्त ज्वारचनले बसन्त रुविना फाउन्डेसन र बसन्त थकालीको बारेमा जानकारी गराए ।


कार्यक्रमबाट संकलित रकमले फाउण्डेशन मार्फत संगीत एकेडेमी सञ्चालन गर्ने आयोजकले बताए। पोखराकोसहारा क्लबका संस्थापक अध्यक्ष रहेका थकाली खेल विधाका साथै विभिन्न सामाजिक सघ संस्थामा अगुवाई गर्दै खेलकुद तथा सामाजिक कार्यक्रमा उतीकै क्रियाशिल छन् । चालिसको दसकमा गीत संगीतको क्षेत्रमा सक्रिय बनेका उनल अब पुनः साँगीतिक क्षेत्रमा सक्रियता बढाउने जोश मिलेको बताए । थकालीले वि.सं. २०४० सालमा गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेका थिए । बसन्त रुबिना फाउन्डेसनको स्थापना वि.सं. २०६९ सालमा भएको हो ।