भित्तेपात्रो प्रकाशनको वचत कलाकार उपचार कोषलाई


पोखरा । सप्तरङ्गि साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा प्रकाशन गरिएको २०७५ सालको भित्तेपात्रो प्रकाशनबाट वचत भएको २५ हजार कलाकार उपचार कोषलाई प्रदान गरिएको छ ।

शनिबार आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सो जानकारी गराईएको थियो ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पुर्व प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले भित्तेपात्रोले संस्थाले साँगितिक तथा साँस्कृतिक क्षेत्रमा उदाहरणिय कार्य गरेको वताउँदै आगामी दिनहरुमा पनि कलाकारहरुको हितमा राम्रो कार्य गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा प्रष्ठिानका अध्यक्ष पद्मराज ढकालले अतिथिहरुलाई स्वागत गर्दै स्थापना भएको ११ वर्ष संस्था पुगेको तथा हालसम्म २० भन्दा वढि कलाकारहरुलाई उपचार कोषबाट सहयोग गरि सकेको वताएका थिए । कोषमा हाल २ लाख ९० हजार भन्दा वढि रकम रहेको पनि वताएका थिए ।

प्रतिष्ठानका महासचिव मनकुमार श्रेष्ठले कार्यक्रम संचालन गर्दै संस्थाले गित, संगित र साहित्यको क्षेत्रमा कार्य गर्दै आएको र नवप्रतिभावानको क्षमता अभिवृद्धिका कार्य गर्दै आएको वताएका थिए ।