स्नुकरको च्याम्पियन राजु गुरुङ


पोखरा, २५ साउन-
प्रथम जुनियर स्नुकर टुर्नामेन्ट २०७१ को च्याम्पीयन राजु गुरुङ भएका छन् । कास्की जिल्लामा भएका स्नुकरको लागि आयोजना गरिएको प्रतियोगितामा विक्रम तामाङलाई हराउँदै गुरुङ बिजेता बनेका हुन् । रोयल विलियार्ड क्लव पोखराको आयोजनामा भएको प्रतियोगितामामा गुरुङले ट्रफीसहित २० हजार रुपैया र प्रमाणपत्र प्राप्त गरेका छौं ।
उपबिजेता तामाङले १० हजार प्राप्त गरेका छन् । तृतीय सुमन थापा र हिमाल लिम्बु भएका छन् । उनीहरुले ५ हजार प्राप्त गरे ।

साउन १६ गतेदेखि शुरु भएको प्रतियोगितामा एकसयभन्दा बढि जुनियर खेलाडि सहभागी थिए । रोयल विलियार्ड क्लव महेन्द्रपुल बास्तोलाथरमा प्रतियोगिता भएको हो । जुनियर खेलाडिको विकास र उत्साहको लागि प्रतियोगिता आयोजना गरिएको हो ।
महेन्द्र नेपाली, राज गुरुङ, प्रहाल्द हिराचन, विजय र प्रवेश श्रेष्ठले प्रतियोगिताको आयोजना गरेका हुन् । समापन कार्यक्रम कास्की जिल्ला खेलकुद संघका सदस्य सचिव प्रकाश बरालले प्रथम पुरस्कार प्रदान गरेका थिए ।

द्धितिय पुरस्कार हिमालयन कम्प्युटर टे«डिङका प्रकाश गुरुङले प्रदान गरे । भुतपुर्व खेलाडी वसन्त गौचनले तृतीय पुरस्कार दिए । उत्कृष्ट ८ जनालाइ प्रमाणपत्र र टिसर्ट प्रदान गरियो । उत्कृष्ट १६ जनालाई पनि प्रमाणपत्र दिइयो । कार्यक्रम सफल पार्न सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मंगलबहादुर नेपालीले कार्यक्रम सफल पार्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । प्रतियोगिताको लागि विजी वी क्याफे एण्ड बारले स्पोन्सर गरेको थियो ।

त्यसैगरी सुगर क्यान क्याफे लेकसाइड, नेपाल माइक्रो बसर समिति पृथ्वीचोंक, रंगिला डान्सबार, बलिउड डान्स, ताज डान्स, होटेल साइलेन्ट टावर, हिमालय कम्प्युटर, लापिजार लेकसाइड, किया सो रुम, टिटाइम रेष्टुरेण्ड, सनराईज आल्मुनियम, स्का हुक्का डान्सबार, विकास महर्जन चटामरी, मारकियु डान्सबार, नेपाल सकेट बोट, नटि नट्स, स्टेशन मम हाउस, छविदाइ, केएफसी स्नुकरले सहयोग गरेका छन् । बगर जीम हाउस, कोइराला स्टोर बास्तोलाथर लगायतले प्रतियोगिता आयोजक नेपालीले जानकारी दिए ।