मोदीको बिचारबाट उत्साहित ः सभासद थापा


पोखरा, २३ श्रावण

नेपाली कांग्रेसका सभासद यज्ञ बहादुर थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला संसद दिनुभएको बिचारबाट आफुहरु थप उत्साहित भएको बताउनु भएको छ ।

नेपाल तरुण दल कास्कीद्धारा बिहिबार पोखरामा बि पि कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजना गरिएको दलको संगठन बिस्तार कार्यक्रममा बोल्नुहुंदै सभासद थापाले मोदीको धारणाबाट लोकतन्त्रबादी उत्साहित हुनु स्वभाबिक रहेतापनि सधैं भारतीय बिस्तारबादको नारा उराल्ने कम्युनिष्टहरु समेत प्रभाबित भएको तर्क गर्नुभएको छ ।

कास्की कांग्रेसको सभापति समेत रहनु भएका सभासद थापाले बिगत संबिधानसभाले गरेका कामहरुको बर्तमानले स्वमित्व ग्रहण गरेको हुनाले संबिधान निर्माणको गति दु्रतरुपमा अघि बढिरहेको जानकारी दिनुभयो । संबिधान निर्माण संग संगै तरुण हरुको शिक्षा,रोजगारी र सुरक्षामा आफु र नेपाली कांग्रेस लागिरहने बताउनुहुंदै सभासद थापाले यसका लागी कास्की तरुण दलले अभियान थाल्न आग्रह समेत गर्नुभयो ।

कांग्रेस नेता शुक्रराज शर्माले परिबर्तनका बाहक तरुणहरुले नैतिकता र आचरणलाई ख्याल गर्दै संगठित भई अघि बढेमा कांग्रेस तरुण दलको संरक्षण गर्न तयार रहेको बताउनु भयो ।

नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासदहरु शारदा पौडेल,बिन्दादेबी राना,कांग्रेस नेताहरु खेमराज पौडेल,शोभियत अधिकारी,रामचन्द्र त्रिपाठी,जिल्ला सचिबद्धय कृष्ण केसी,युवराज कुंवर,सहसचिब मुकुन्द ज्वाला,महाधिबेशन प्रतिनिधि गुरु बराल,कांग्रेस प्रचार बिभाग सदस्य राज बहादुर गुरुङ,तरुण दलका केन्द्रिय सदस्यद्धय मुक्ति अधिकारी,ऋषि काफले,नेपाल महिला संघका केन्द्रिय सदस्य आनन्दी राणा कार्की लगायतले सम्बोधन गरिएको कार्यक्रममा स्वागत नारायणहरी तिवारी,धन्यबाद हरि आचार्य र सञ्चालन सचिब पदम बस्ताकोटीले गरेको कार्यक्रममा बिभिन्न वडा,टोल र गाबिसबाट आएका तरुणहरुको ब्यापक सहभागिता रहेको थियो ।