स्नुकरको फाइनलमा विक्रम र राज


पोखरा, २३ साउन
प्रथम जुनियर च्याम्पीयनसिप स्नुकर टुर्नामेन्ट–२०७१ को ट्रफी हात पार्न विक्रम तामाङ र राजु गुरुङले प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरामा जारी टुर्नामेन्टको फाइनल साउन २४ गते हुदैछ ।
रोयल विलियार्ड क्लव पोखराको आयोजनामा भएको प्रतियोगितामा १ सय ९ जनामाथी जीत हात पार्दै अन्तिममा पुगेका हुन् । अन्तिम प्रतियोगिता बेस्ट अफ नाइनको आधारमा हुनेछ । सेमी फाइनलमा तामाङले सुमन थापालाई ४–१ र गुरुङले हिमाल लिम्बुलाई ४–१ ले जित हात पारेका थिए ।
महेन्द्रपुल बास्तोलाथरमा रहेको क्लवमा प्रतियोगिता भैरहेको छ । जुनियर खेलाडिको विकास र उत्साहको लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रथम, द्धितिय र तृतियलाई त्रमश ः नगद २०, १० र ५ हजार साथमा प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।महेन्द्र नेपाली, राज गुरुङ, प्रहाल्द हिराचन, विजय र प्रवेश श्रेष्ठले प्रतियोगिताको आयोजना गरेका हुन् ।
प्रतियोगिताको लागि विजिपी लेकसाइड, सुगर क्यान, रंगिला डान्सबार, बलिउड डान्स, ताज डान्स, होटेल साइलेन्ट टावर, हिमालय कम्प्युटर, लापिजा लेकसाइड, किया सो रुम, टिटाइम रेष्टुरेण्ड, सनराईज आल्मुनियम, स्का हुक्का डान्सबार, विकास महर्जन चटामरी, मारकियु डान्सबार, नेपाल माइक्रो बस कम्पनि, नेपाल सकेट बोट, नटिनट, स्टेशन मम हाउस, छविदाइ, केएफसी स्नुकरले सहयोग गरेका छन् ।
त्यसैगरी बुद्ध दाइ, माटु गुरुङ, बगर जीम हाउस, मनोज गुरुङ, साइमन सिम्पानी, कोरला स्टोर बास्तोलाथर, प्रताप गुरुङ, किरण मोवाइल, अमर महर्जनले सघाएको प्रतियोगिता आयोजक नेपालीले जानकारी दिए ।