बेपत्ताहरुको खोजी गर्न राज्य उदासिन बन्यो


पोखरा, २२ साउन ।

दश बर्षे जनयुद्धमा बेपत्ता भएका योद्धाहरुको खोजीगर्न राज्य उदासिन बनेको आज पोखरामा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । चमनलाल बरालको खोजसभा कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् ।

तत्कालीन काग्रेसकै नेतृत्वमा आफ्नो छोरालाई बेपत्ता पारेको भन्दै सरकारले तत्काल बेपत्ताहरुको अबस्था के छ सार्वजनिक गर्नुपर्नेमा बेपत्ताका बुवा अणनाथ बरालले माग गर्नुभयो ।

एकिकृत नेकपा माओबादीका कास्की जिल्ला इन्चार्ज राजकाजी तमु करणले बेपत्ताहरुको स्थिीती सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । अहिले सम्म पनि राज्यले वेपत्ताहरुको अबस्था सार्वजनिक गर्न नसक्नाले वेपत्ताका परिवारमा ठुलो पिडा थपिएको बताउनुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माओबादी कास्कीका अध्यक्ष दिपक कोइराला रुपक, शहीद परिवारका लोकप्रसाद बञ्जरा, अखिल नेपाल टे«ड युनियनका रुद्धगौतम लगायतले बोल्नुभएको थियो ।

राजनैतिक आस्था राखेकै कारण २०५८ सालमा पोखराको कुडहर फाँटबाट तत्कालीन शाहीसेनाले बराल लाई गिरफ्तार गरेको थियो ।

बेपत्ता परिवार समाजका अध्यक्ष अणनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमकोे संचालन मजदुर नेता राजेन्द्र न्यौपानेले गर्नुभएको थियो ।