महिलाहरु ¥याम्पमा उत्रने


पोखरा, साउन २२
तीजको अवसर पारेर प्रत्येक बर्ष महिलाहरु माझ मिसेस तीज प्रतियोगिताको कार्यक्रम गर्दै आईरहेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले यस पटक पनि प्रतियोगीहरुलाई ¥याम्पमा उर्तादैछ ।

प्रतियोगिताको लागि तयारी कक्षाहरु संचालन भईरहेको कर्यक्रम संयोजक तथा राष्ट्रिय सौन्दर्यकर्मि युनियन नेपालका महासचिव सुमन गुरुङले जानकारी दिनुभयो । सौन्र्दयकर्मि युनियनले मिसेस तीज आयोजना गरेको यो छौठौ पटक हो । यस्ता प्रतियोगिताहरुले सौन्र्दय पेशामा आबद्ध महिलाहरुको आन्तरिक क्षमताको बिकास हुने यूनियनका संस्थापक अध्यक्ष मिना गुरुङले बताउनुभयो ।

श्रावणको ३१ गते हुन लागेको यस प्रतियोगितामा प्रतियोगीहरुलाई बिभिन्न औपचारिक, अनौपचारिक प्रयोगात्मक कक्षाहरु संचालन गरिएको छ ।प्रतियोगी महिलाहरुलाई सामान्य ज्ञान, कानुनी, राजनैतिक महिला हक अधिकार, आर्थिक सशक्तिकरण बारे सैदान्तिक र ब्यवहारिक पक्षहरुमा जोड दिईएको संयोजक गुरुङले बताउनुभयो ।

कार्यक्रममा महासचिव सुमन गुरुङ र कोरियोकग्राफर रबिन्द्र श्रेष्ठ र पूर्व मिसेज तीजको ताज बिजयी संगिता थापाले समेत सैद्धान्तिक र ब्यवहारिक कक्षाहरु संचालन गरेका थिए ।