पासा पुचा स्पेन गठन, मह पुजाको दिन बार्सिलोनामा सांगीतिक कार्यक्रम गर्ने


बसन्त रानाभाट
बासिलोना

स्पेन बासी नेवारी समुदायको भेलाले पासा पुचा स्पेन (नेवारी समाज स्पेन ) गठन गरेको छ । जातीय ,राजनीतिक , भौगोलीक हिसाबले स्पेनमा बिभिन्न संघ सस्थाको गठनले तिब्रता पाईरहेको बेला पासा पुचा पनि थपिएको हो ।
बार्सिलोनामा हालै सम्पन्न भेलाले २७ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको संयोजक नै नतोकी भेलाले सस्थाको आगमी कार्यदिशा , दर्ता प्रक्रिया ,बिधान मस्यौदा लगायतका कामको लागि ९ सदस्यीय बिशेष जिम्मेबार समिती गठन गरेको छ । जसमा केशरी श्रेष्ठ ,सन्तोष श्रेष्ठ ,रबि श्रेष्ठ ,राजु शाक्य ,बिष्णु भक्त महर्जन ,मन कृष्ण शाही , अनिता श्रेष्ठ ,सन्देश महर्जन र सन्तोषी श्रेष्ठ रहेका छन् ।
आफ्नो जातिय रितिरिवाज र पर्वहरुलाई बिदेशमा पनि संरक्षण गर्नुपर्छ भन्दै समाजले नेपाल सम्बत तथा मह पुजाको दिनमा बार्सिलोनामा बिशेष सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालीनेपाली डटकम सँग कुरा गर्दै समितिका सदस्य सन्तोष श्रेष्ठले भने ” सास्कृतिक कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पार्न निलु आवाले श्रेष्ठलाई मुख्य जिम्मेबारी दिएका छौ र हामी सबैले सहयोग गर्छौ ।”
अहिले पहिरोको पिडाले देशनै शोकमा डुबेको छ त्यसैले हामी राहत रकम उठाउन सहयोग समिति बनाएका छौ तत्काल हामी यसमा नै जोड दिन्छौ श्रेष्ठले बताए । समाजले मोहन बाबु नेम्कुलको संयोजकत्वमा राहत समिती गठन गरेको हो।
करिब बाह्र सय जती नेवारी समुदायको बसाई स्पेनमा रहेको अनुमान गर्दै आगामी दिनमा यसको एकिन बिबरण पत्ता लगाउने भन्दै सम्पन्न भेलामा नेवारी परिकारका खानाका साथै बारबिकियु पनि ब्यबस्था गरिएको थियो ।