सरकारी तवरबाटै प्राङगारिक खेतीको अभियान संचालन गर्नुपर्ने


पोखरा २० साउन

सरकारी तवरबाटै प्राङगारिक खेतीको अभियान संचालन गर्नुपर्ने वक्ताहरुले बताएका छन ।

नेपाल प्रमाणपत्र समूहले आज पोखरामा आयोजना गरको कार्यक्रममा बोल्दै विभिन्न सहकारी संस्थाका प्रतिनिधीहरुले सरकारले अर्गानिक खेतीको अभियानमा ध्यान नदिएका कारण उपभोत्ताहरु विषदी मिसिएको तरकारी खान बाध्य भएको बताएका छन ।

कृर्षि मन्त्रालय अन्र्तगत रहेको समूहका बोर्ड सदस्य शिवजी कोइराला,ऋषि अधिकारी र परियोजनाका प्रमुख सुचित्रा श्रेष्ठले राज्यको ध्यान बास्तविक कृषकको माझमा पुग्न नसकेको बताएका छन । उनिहरुले राज्यको निति स्पष्ट भएमा मात्रै हरेक जिल्लामा कृर्षिको समूचित विकास सम्भव रहेको बताएका थिए ।

कार्यक्रममा कास्कीमा क्रियाशिल अर्गानिक कृर्षि पेशामा आवद्य कृषकरुको सहभागीता रहको थियो ।