प्रबासी नेपाली मञ्च स्पेनद्वारा भित्ते पात्रो बिमोचन


बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले भित्ते पात्रो बिमोचन कार्येक्रम सम्पन्न गरेको छ। मंगलबार बार्सिलोनामा एक कार्यक्रमको आयोजना गर्दै मञ्चले नेपाली नयाँ बर्षको “भित्ते पात्रो” बिमोचन गरेको हो।

मञ्चका सस्थापक अध्यक्ष एवम् प्रबासी नेपाली मञ्च युरोप सह संयोजक पुष्पराज तिमिल्सिनाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एनआरएनए आईसीसी सदस्य शितल भुर्तेल भुसाल,एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणि सापकोटा,मञ्चका निबर्तमान अध्यक्ष तथा संरक्षक दिनेश गुरुङ, पर्यटन दुत दीपक खरेल लगायत संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।मञ्चका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब दिनेशराज रेग्मीले गरेका थिए।

यसैबीच आकस्मिक हृदयघातबाट निधन भएका बार्सिलोना निबासी अमर जंग गुरुङको सम्झनामा मौनधारण तथा श्रदाञ्जली ब्यक्त गरिएको थियो।