स्पेन दूताबासको उपनियोग प्रमुखमा हरीहर कान्त पौडेल


हरीहर कान्त पौडेल

बार्सिलोना/ स्पेनको नेपाली दूताबासमा उपनियोग प्रमुखका रुपमा हरीहर कान्त पौडेल आउने भएका छन्। ईजरायल स्थित नेपाली दूताबासमा कार्यरत पौडेललाई परराष्ट्र मन्त्रालयले स्पेन सारे पछि पौडेल म्याड्रिड आउँन लागेका हुन्।

परराष्ट्र मन्त्रालयले विदेशी नियोगस्थित कूटनीतिक कर्मचारी घटाउँदै जाने नीति अनुरुप पौडेललाई ईजरायलबाट स्पेन सार्न लागेको बताईन्छ।नयाँ स्थापना भएका दूताबासमा कमर्चारी सारेर खर्च कम गर्ने नीति परराष्ट्र मन्त्रालयले लिएको छ।

नेपाल सरकारले दूतावास स्थापना गर्ने निर्णय गरेको झन्डै एक वर्ष पछि राजदूत सहित कर्मचारी पठाउन लागेको छ। स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी सहितको टोली जनवरी २४ तारिख बिहान ८ बजे म्याड्रिड आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ।