अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधि बगर भाइ खलकलाई


पोखरा – पोखराको संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उपाधी आयोजक टिम बगर भाइखलकले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा आयोजक बगर भाइ खलक ए टिमले डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधी चुमेको हो । उपाधी संगै आयोजक टिमले नगद १ लाख प्राप्त गरेको छ भने सिएमजीले नगद ५० हजार प्राप्त ग¥यो ।

फाइनल खेलमा बगर भाइ खलकका लागि धन गुरुङ (सन्तोषले) मध्यान्तर लगतै गोल गर्दै टिमलाई उपाधी नजिक पु¥याउनुभयो । यता पूर्व राष्ट्रिय खेलाडी बाल गोपाल महर्जनको कप्तानीमा उत्रेको सिएमजीले गोल गर्ने धेरै प्रयासहरु बगर भाइ खलकका किपर लक्षमण गुरुङले बिफल पार्नुभयो । खेलमा बगर भाइ खलकका डिल्लीराम श्रेष्ठ (मिलन) म्यान अफ लि म्याच घोषित हुनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बगर भाइ खलकका जय थापा, वेष्ट गोल किपरको उपाधी बगरका लक्षुमण गुरुङले पाउनुभयो । प्रतियोगितामा सिएमजी बाल गोपाल महर्जन वेष्ट मिड फिल्डर र वेष्ट डिफेन्डर सोही टिमका राजन नेपाली हुनुभयो । प्रतियोगितामा वेष्ट स्ट्राइकरको पुरस्कार जित्नु भएका उहाँले बगर भाइखलकका धन गुरुङ (सन्तोष) ले सर्वाधिक गोलकर्ताको उपाधी समेत जित्नुभयो । उहाँले प्रतियोगितामा चार गोल गर्नुभएको थियो ।

प्रतियोगितामा फेयर प्ले टिमको उपाधी भने नख्खीपोट ललितपुरले पायो । उनीहरुले नगद ५ हजार सहित आकर्षक अवार्ड समेत प्राप्त गरे । कार्यक्रममा सिने कलाकार तथा भेट्रान फुटबल खेलाडी धिरेन शाक्य, पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक बाल गोपाल महर्जन र हरी बहादुर कार्कीलाई प्रतियोगितामा तिन वर्ष देखि सहभागीता जनाएकको भन्दै सम्मान गरिएको थियो । समापन कार्यक्रममा हालै एन्फा कास्कीमा निर्वाचित बगर भाइ खलक सदस्य एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष इस्वर गुरुङ (चन्द्र), सदस्य हिटलर घले र राधा गुरुङलाई सम्मान गरिएको थियो ।