कोरियन भाषा परीक्षाको फाराम पोखरा मै बुझाउन पाइने


पोखरा, २० साउन

कोरियन भाषा परीक्षा इपीएसको परीक्षा फाराम पोखराबाटै भर्न पाइने भएको छ । श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले परीक्षा सम्बन्धी सुचना निकालेर जानकारी दिएको हो । यस वर्ष कोरियाले उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा नेपालबाट आवश्यकता अनुसार कामदार लैजादै छ ।

शाखाले पोखरा उपमहा नगरपालिका वडा नम्बर १६ बाटुलेचौर स्थित विन्ध्यबासिनी उच्च मावि परीक्षा फाराम भर्न सकिने छ । परीक्षा फारम साउन २८ देखी ३१ सम्म फाराम भर्न पाइने शाखाले जानकारी दिएको छ । यस अगाडी काठमाडौबाट मात्रै भर्न पाईने फारम यस वर्ष देखि पोखरा, बुटवल, धरान र डडेल्धुराबाट भर्न पाईने छ । पाचौ इपिएस टपिकल परीक्षाको लागी असोज १० र ११ गतेलाई परिक्षा मिति तोकेको छ ।

सन् २००८ बाट पोखरामा पनि परीक्षा फारम भर्ने व्यवस्थाको माग गरे पनि बल्लपुरा भएको विश्व मैत्री भाषा प्रालि पोखराका संचालक सियम गुरुङ्गले जानकारी दिए । सरकार सँग पटक पटक पोखराबाट पनि भर्ने सुवीधा माग्दै आएको बताउदै गुरुङ्गले पोखराबाट करिब १५ हजार भन्दा बढिले फारम भर्ने अनुमान गरे । उनले १० हजार भन्दा कम विद्यार्थीले फारम भरेमा अर्को वर्षबाट गुम्ने बताउदै त्यसमा भने बेलैमा सगँ हुनु पर्ने बताए । विश्व मैत्री भाषामा नै कोरीयन भाषा अध्ययनरत पोखरा ५ मालेपाटनका विशाल रानामगरले पोखरा मै फारम भर्न पाएको खुसि व्यक्त गर्दै समय र पैसा दुबै बचत हुने बताए ।

उनले काठमाडौ जादा धेरै दिन सम्म समय खेरा जाने बताउदै पोखरा मै हुदा एकै दिनमा काम सकिने बताए । विश्व मैत्री भाषामा अहिले करिब ३५ सय विद्यार्थीले पढ्दै आएको बताउदै सन्चालक गुरुङ्गले फारम भर्दा फोटो र राहदानीको फोटो कपिको ख्याल गर्नु पर्ने बताए । पोखरामा फारम भर्ने सेवा सन्चालनका लागी करिब ४० जना कर्मचारी र सोही अनुरुपमा सुरक्षाकमी परिचालन हुने छन् । अघिल्लो पटक करिब ४७ हजारले फारम भरेका थिए भने यस वर्ष करिब ६० हजारले फारम भर्ने अनुमान छ ।