नेष्डो नेपालको मध्य पहाडी क्षेत्रमा सञ्चालित लघु वित्तको नमुना


श्रावण १९ पोखरा

नेपालको पुर्वी तथा पश्चिमी पहाडी क्षेत्रका विपन्न वर्गको लघु वित्त सेवामा पँहुच अभिवृद्धि गर्न विगत दुई वर्ष देखि स्थानीय लघु वित्त सस्थाहरुलाई सहयोग गर्दै आई रहेको वेलायती अन्तर्राष्ट्रिय गैर सरकारी संस्था समृद्ध पहाडको एक टोलीले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको सोमवारका दिन अध्यायन अवलोकन भ्रमण गरेको छ ।

नेष्डोका नविनम अभ्यासहरुको वारेमा अध्यायन गर्दै परियोजनामा अनुशरण गर्ने उद्देश्यले आयोजित उक्त अवलोकन भ्रमणमा समृद्ध पहाडका सल्लाहकार एवम् नेपालको लघु वित्त उद्योगका अग्रज व्यक्तित्व शंकरमान श्रेष्ठको नेतृत्वमा १२ जनाको सहभागिता रहेको थियो । अवलोकन टोलीले संस्थाको लेखनाथ शाखाका साथै स्थानीय जागृती महिला स्वावलम्वन केन्द्र, केन्द्र नं. ४ को स्थलगत अवलोकन गरेको हो । केन्द्रमा विगत ९ वर्ष देखि ३७ जना विपन्न परिवार आवद्ध भई संस्थासंग कर्जा कारोवार गर्दै स्वरोजगारीको सृजना गर्दै आइरहेका छन् ।

स्थलगत अवलोकन अध्यायन भ्रमण पश्चात समन्वय कार्यालय पोखरामा आयोजिजत औपचारिक कार्यक्रममा वोल्दै सल्लाहकार श्रेष्ठले नेष्डो नेपालले मध्य पहाडी क्षेत्रमा सञ्चालन गरेको लघु वित्तको नमुना र कार्यपद्धती समृद्ध पहाडको लागि अनुशरणयोग्य भएको वताउनु भयो । हाल लघु वित्त उद्योगमा सवै संस्थाहरु संस्कारयुक्त नभएको वताउदै संस्कार विनाको लघु वित्तले अपेक्षित गरिवी न्यूनिकरण गर्न नसक्ने उहाँको भनाई थियो ।
कार्यक्रम संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईको अध्यक्षता, सल्लाहकार श्रेष्ठको प्रमुख आतिथ्यता, संस्थाका सहायक प्रशासन अधिकृत इन्द्र खत्री क्षेत्रीको प्रतिज्ञा, लघु वित्त प्रमुख विश्ववन्धु प्रसाईको स्वागत एवम् सुचना व्यवस्थापन अधिकृत ओेम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।