पोखरा विश्वबिद्यालय सुधार्न अखिल क्रान्तिकारीको आन्दोलन


पोखरा, २० साउन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारि) पोखरा विश्वविद्यालय समन्वय समिति कास्कीले पोविवि प्रंशासनसँग ४१ वुदे माग राखेको छ ।
पोविविले अन्य कलेजलाई सम्बन्धन दिन रोक्नु पर्ने अखिल (क्रान्तिकारी) पोविविका अध्यक्ष रविन्द्र रोकाले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि
जानकारी दिए ।
रोकाले पोखरा विश्वविद्यालयको केन्द्रमा पढाई नहुने विषय अन्य कलेजलाई
सम्बन्धन दिन नहुने बताए । ‘पोविविमा मास्टरमा इन्जिनियरिङको अध्यापन हुदैंन
तर उसले सम्बन्धन दिएका कलेजमा भने पढाईहुन्छ ।’ उनले प्रश्न गरे, ‘यो उल्टो
नीति हुन्छ ?’
पोखरा विश्वविद्यालय अन्तर्गत हालसम्म हालसम्म ५८ कलेज र ४ आगिंक क्याम्पसलाईसमेत व्यवस्थित र मर्यादित गराउन नसकेको परिपेक्षमा नयाँ कलेजलाई सम्बन्धनदिएर कलेजले विश्वविद्यालयलाई धरासायी बनाउन खोजेको रोकाले पत्रकार सम्मेलन बताए ।
‘विश्वविद्यालय प्रशासनले गुणस्तरीय र व्यवस्थित भन्दा नयाँ कलेजलाई सम्बन्धन
दिएर पैसा कमाउन खोजेको छ ।’ उनले भने, ‘रकमको चलखेल गरेर विद्यार्थीको
भविष्यमाथी खेलवाड गर्न पाइदैन ।’ अध्यक्ष रोकाले पोखरा विश्वविद्यालयमा अनेक
विकृति र विसंगति रहेको बताउँदै अख्तियारको टोलीले गम्भिर भई
अनुसन्धान गर्न आग्रह गरेका छन् ।
अखिल क्रान्तिकारीले पोखरा विश्वविद्यालय बचाऔं भन्ने नाराका साथ विश्वविद्यालय प्रशासन समक्ष ४१ बुद्दे माग राख्दै तालाबन्दी गरेको पत्रकार सम्मेलन गरेर संगठनले जानकारी दिएको छ । ताला असार ३१ गते लगाएको अखिल क्रान्तिकारीले जनाएको छ ।
मेडिकल कलेज सञ्चालनका लागि पोखरा विश्वविद्यालयले अनियमित रुपमा सम्बन्धन दिएको भन्दै विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम ल्याएको हो । संगठनले विश्वविद्यालयको वेथिती तत्काल हटाउनुपर्ने, खेल मैदानको तुरुन्त मर्मत, रिक्त प्राध्यापक, सहप्रध्यापक र उप–प्राध्यापकको तुरुन्त नियुक्त गरिनुपर्ने, नसिङको विद्यार्थीको लागि कक्षाकोठाको व्यवस्था हुनुपर्ने, यातायात व्यवस्था, हेल्थ सेन्टर स्थापना गर्नुपर्ने लगाएका माग राखेको छ ।