पहिरोले फेरि ज्यान लियो ,संखुवासभामा ५ को मृत्यु, ५ वेपत्ता


 संखुवासभा साउन-

संखुवासभाको स्याबुन ३ फच्याङमा सोमबार बिहान पहिरोले पुरेर ५ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन्।
राति झरेको पहिरोले कोइराला परिवारका तीनवटा घर पुरेको थियो ।।
पहिरोले पुरिएका मध्ये ५ जनाको शव निकालिसकिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पहिरोले चिङ्खुवा निम्नमाध्यमिक विद्यालयका प्रधानध्यापक पुर्ण कोइरालाको सहित ३ घर पुरेको थियो ।

पहिरोमा परि कृतिमान कोइराला, पत्नी देवीमाया कोइराला र छोरी तुलसा तथा मेहरमान कोइराला र उनका छोरा प्रज्वलको शव फेला परेको बिहीबारे प्रहरीका असइ इश्वर कार्कीले बताए।
पहिरोमा परी वेपत्ता प्रअ कोइराला, उनकी पत्नी सम्झना कोईराला, बुवा इन्द्रबहादुर कोईराला, छोराहरु रतनको अवस्था अझै खुल्न सकेको छैन । घटनास्थलबाट पुर्णका छोरा प्रज्वलको शव निकालिएको छ ।
बिहीबारे प्रहरी चौकीका इन्चार्ज असई इश्वर कार्कीका अनुसार हालसम्म ५ जनाको मात्र शव भेटिएको छ । पहिरोमा परेका अन्यलार्इ पनि जीवितै उद्दार गर्न सकिने अवस्था नरहेको असइ कार्कीले बताए ।