मोदीले पशुपति मन्दिरमा विशेष पूजाअर्चना


काठमाडौं , साउन-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा सोमबार बिहान करिब एक घण्टा समय लगाएर रुद्राभिषेक पूजाअर्चना गरेका छन्। । दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका मोदीले साउनको सोमबार पारेर पशुपति मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् ।

modi in pashupati (13)
उनले असाध्यै धैर्य र शालिनापूर्वक सबै विधि पुर्‍याएर पूजाअर्चना गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले बताए।
पूजाअर्चनाको क्रममा प्रफुल्लित मुद्रामा रहेका प्रधानमन्त्री मोदीले संक्षिप्त कुरा गर्दै नेपालमा आएर पशुपतिनाथको दर्शन गर्न पाएकोमा हर्षित भएको वताए ।

 

modi in pashupati (12)
मोदीसँग रहेका समाजिक कार्यकर्ता विनोद मोरका अनुसार पूजाका क्रममा मोदी निकै प्रशन्न मुद्रामा थिए । मोदीले पनि पशुपतिलाई २५ क्विन्टल सेतो चन्दन उपहार प्रदान गरेका छन् ।
पूजापछि भातीय प्रधानमन्त्री मोदी रुद्राक्षको माला लगाएर बाहिरिएका छन् । मोदीलाई पशुपति क्षेत्र विकास कोषको तर्फबाट पशुपति मन्दिरको तस्वीरसहितको उपहार दिइएको छ ।