लोककवि अलि मियाँको स्मृति दिवसमा भिसीडि बिमोचन


माधव बराल
पोखरा,  साउन
लोककवि अलि मियाँको आठौं स्मृति दिवस तथा अलि मियाँ लोक वाङमय प्रतिष्ठानको १३ औं बार्षिक साधारण सभाको अवसरमा गीतकार तथा गायिका अम्बिका भण्डारीको तीजको भिसिडी आमाको सम्झना आज लोकार्पण गरिएको छ ।

भिसिडीको बरिष्ठ साहित्यकार सरुभक्तले लोकार्पण गर्नुभएको हो । भिसीडीमा दुई वटा गीत समावेश गरिएको छ भने गीतमा अम्बिकालाई बरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले साथ दिनुभएको छ । लोकार्पण कार्यक्रममा सरुभक्तले तीजका नाममा विकृति आइरहेको अवस्थामा भण्डारीको भिसिडीले तिजलाई अनुसाशित र मौलिक बनाउन सहयोग पु¥याउने बताउनुभयो ।
श्रष्टा अम्बिका भण्डारीले हरिदेवी कोइरालाको प्रेरणा र सहयोगले यो क्षेत्रमा आउन सकेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।प्रतिष्ठानका सल्लाहाकार गणेशबहादुर गुरुङले नेपाली मौलिक पनलाई जोगाउने दायित्व युवाहरुमा भएको बताउनुभयो ।अर्का सल्लाहाकार कृष्णप्रसाद बाँस्तोलाले भण्डारीको प्रयासको प्रशंशा गर्दै सफलताको शुभकामना दिनुभयो

प्रतिष्ठानको संरक्षक सदस्य तथा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले तीजको टिपिकल मौलिक भाका पछिल्लो समयमा पाउन मुश्किल परेको अवस्थामा अम्बिकाको गीतमा मौलिकपन रहेको बताउनुभयो । उहाँले मौलिक भाकालाई जोगाइ राख्ने दायित्व संचार माध्यमको भएको बताउँदै लोक कवि अलि मियाँले नेपाली लोक संस्कृतिमा पु¥याएको योगदानलाई भूल्न नुहने बताउनुभयो ।
भिसीडीको परिचर्चा गर्दै रेडियो अन्नपूर्णका समाचार संयोजक आरजु विष्ट सल्यानीले अम्बिकाको गीत मनोरञ्जनात्मक मात्र नभएर नारी जगारण साथै सन्देश मुलक भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष हरिदेवी कोइरालाले स्वागत र सचिव मदमराज ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ गायिक कोइराला, गायक ढकाल र गायिका भण्डारीले लोक विक अलि मियाँको गीत समेत गाउनु भएको थियो ।