हेलिकप्टरको पङ्खाले घाँटी छिनाली रिमालको घटनास्थलमा मृत्यु


सिन्धुपाल्चोक, साउन-

,फिस्टेल एयरको हेलिकप्टरको पङ्खाले काटिएर एक जनाको मृत्यु भएपछि पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फिस्टेल एयरका पाइलट काठमाडौँ महानगरपालिका- ९ सिनामङ्गल निवासी सुजल श्रेष्ठलाई सोमबार बिहान नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
सिन्धुपाल्चोकको लिस्ती- ५ स्थित द लास्ट रिसोर्टमा ९ एनए- एजेआइ कलसाइन नम्बरको सो हेलिकप्टर विदेशी पर्यटक लिन गएको थियो । आइतबार दिउँसो ३ बजे ल्यान्ड गर्ने क्रममा पछाडिको पङ्खाले घाँटी छिनाली नुवाकोट घर भएका सो रिसोर्टका प्रबन्धक ३१ वषर्ीय ठाकुर रिमालको घटनास्थलमा मृत्यु भएको थियो ।
मृतकको शव परीक्षणका लागि सोमवार बिहान हेलिकप्टरमार्फत त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा लगिएको प्रहरीले जनाएको छ । रासस