नेपाली भाषा शिक्षक परिषद्द्वारा श्रुतिलेखन प्रतियोगिता


पोखरा, साउन-
भाषा सभ्यताको सम्वाहक हो भन्ने मूल नाराका साथ क्रियाशील नेपाली भाषा शिक्षक परिषद्द्वारा प्राथमिक तहको अन्तरविद्यालय स्तरीय नेपाली श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ ।
जनप्रिय उच्च मावि सिमलचौरमा सम्पन्न प्रतियोगितामा कास्की जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयहरु बीच प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा ६४ विद्यालयका १ सय २६ जना छात्रछात्राको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि एन प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले नेपाली भाषा नेपालीको गौरव भएकाले नेपाली भाषाको विकासमा सबै लाग्नुपर्ने कुरामा जोड दिए ।

उक्त प्रतियोगितामा प्रथम स्थान न्याश्नल इन्भेन्टिभकी करुणा बुढाथोकी, द्वितीय स्थान तारापुञ्ज एजुकेशन एकेडेमीकी संस्कृति क्षेत्री, तृतीय स्थान सिर्जना उच्च माविकी अनिशा पाठक र सान्त्वना स्थान केफ उच्च माविका सविन थापा, अल्फाm बोर्डिङ स्कूलकी रोश्मा गर्वुजा तथा न्याश्नल इन्भेन्टिभकी विजया पौडेलले प्राप्त गरेका थिए ।
परिषद्का अध्यक्षको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव डिल्लीराम अर्यालले गरेका थिए भने कार्यक्रमको संयोजक सूर्यप्रसाद लम्सालले गरेका थिए ।