स्थानीयको सक्रियतामा वाटो मर्मत


भीमपाणि वराल
लेखनाथ ,साउन
वाटो मर्मतका लागि विभिन्न समयमा लेखनाथ नगरपालीकालाई आग्रह गर्दा पनि वाटो मर्मतमा व्यवास्था गरेको भन्दै लेखनाथ नगरपालीका वडा नं ४ राखीडाँडाका स्थानीयवासीहरुले खराने कालीकास्थान वाटो आफै मर्मत गरेका छन् ।

वर्षाका कारण वाटोमा सवारी साधान देखी वटुवालाई समेत आवत जावत गर्न अव्ठारो भएको भन्दै स्थानीय आम समुह युवा क्लव र सामाजीक संघ सस्थाका प्रतिनिधीहरुले वाटो मर्मतका लागि पटक पटक नगरपालीकामा अनुरोध गरेपनि आफुहरुका माग प्रति सुनुवाई नभएको भन्दै स्थानीयवासीले चुनौती स्वरुप वाटो मर्मत गरेको वताएका छन् ।

कालीका गाविस जोड्ने उक्त वाटोमा स्थानीयवासीको सहभागीतामा नाला खोल्ने ,बाटोमा परेका खाल्टा खुल्टी पुर्ने सहित ग्रावलिङको काम भएको स्थानीय समाजसेवी रामचन्द्र तिमील्सेनाले जानकारी दिएका छन् ।

बाटो मर्मतका लागि युवा देखी ७०वर्षसम्मका बृद्ध बृद्धा,टोल विकास सस्था,आमा समुह लगाएतको सक्रिय सहभागीतामा करिव साडे दुई किलोमीटरको वाटो मर्मत गरिएको वाटो निर्माण समितीका अध्यक्ष श्रीप्रसाद वस्ताकोटीले जानकारी दिएका छन् ।।