पोखरा हिमालयन मिट्स प्रा.लिको स्वस्थकर मासु सेल्वेज सपिङ कम्प्लेसमा पनि


पोखरा, साउन-
पोखरा हिमालयन मिट्स प्रा.लि ले पोखराको चिप्लेढुङ्गामा रहेको सेल्वेज सपिङ कम्प्लेक्समा आफ्नो शाखा विस्तार गरेको छ ।
पोखरामै पहिलो पटक अन्तराष्ट्रिय मापदण्ड पूरा गरेको एक मात्र मिट प्रोसेसिङ्ग फ्याक्ट्री पोखरा हिमालयन मिट्स प्रा.लि ले शाखा विस्तार अन्तरगत सेल्वेज सपिङ कम्प्लेक्समा अर्को शाखा विस्तार गरेको हो ।
प्रा.लि ले कुखुराको मासु उत्पादन हुनु पुर्व र पछाडि पूर्णरुपमा भेटेनरी डाक्टरद्धारा ल्याब टेष्ट गरी बिक्री गर्ने गरेको सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर सुएस मल्लले बताउनुभयो । उहाँले पोखरा हिमालयन मिट्स प्रा.लिले उत्पादन गर्ने कुखुराको मासुमा कुनै पनि रोग नभएको दाबी गर्नुभयो । मल्लले चिप्लेढुङ्गावासीको सुविधाको लागि तथा सेवा विस्तार गर्ने क्रममा सेल्वेजमा शाखा विस्तार गरेको बताउदैँ अब चिप्लेढुङ्गा र वरिपरिका वासिन्दाले पनि भेटेनरी डाक्टरद्धारा ल्याब टेष्ट गरेको स्वस्थकर मासु उपभोग गर्न सक्ने मल्लले बताउनुभयो ।
यसअघि पोखरा हिमालयन मिट्स प्रा.लि ले द मिट शप नालामुख, द मिट शप गौरीघाट (सुलभ कोअपरेटिभ भित्र), सितलादेवी फ्रेस हाउस सितलादेवी, सन्तोष कोल्ड स्टोर्स हस्पिटलचोक, दाङभ्याली फ्रेस हाउस सिर्जनाचोक, रानीपौवा फ्रेस हाउस रानीपौवा, सोसल मिट शप लेकसाइड र विज्ञ फ्रेस ईन्टरप्राइजेज शिशुवाचोक लेकनाथमा शाखा विस्तार गरिसकेको छ ।