पावरहाउस सवारी चेकजाँच


लेखनाथ,  साउन
क्षमता भन्दा बढी सिट राख्ने माइक्रोबसहरुलाई लेखनाथ नगरपालिका वडा नं १२ स्थित पावरहाउस अस्थाई ट्राफिक चौकीले सिट झिक्न लगाएको छ ।
आइतवार विहान पत्रकार सहितको पत्यक्ष निगरानीमा नियमविपरित क्षमता भन्दा वढी सिट राखी पृथ्वीराजमार्ग अन्र्तगत पोखरा काठमाडौ छुट्ने माइक्रोवस चेकचाँज गरि १६ वटा माइक्रोवसवाट सिट झिक्न लगाइएको हो ।
चेकजाँचका क्रममा १२ वटा मोहडा, सिटहुड ९ थान, र चकटी ९ थान वरामद् गरिएको छ । उक्त सामानहरु सोमवार नै जिल्ला ट्राफिक कार्यालय कास्की पृथ्वीचोक पठाइएको छ ।
यस अघि पनि पटक पटक क्षमताभन्दा वढि सिट र मोहडा नियन्त्रणमा लिई बृद्राश्रमलाई मोहडा सौजन्य दिएको कुरा ट्राफिक हवल्दार रुद्रमल्ल ठकुरीले जानकारी दिनुभयो ।