अवार्ड बितरण समारोह सम्पन्न


पोखरा, साउन-
लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको वर्ष ०१३-१४ को अवार्ड बितरण समारोह सम्पन्न भएको छ । गत शुक्रबार काठमाण्डौंमा सम्पन्न कार्यक्रममा डिष्ट्रिकका उत्कृष्ठ विभिन्न लायन्स क्लबलाई पुरस्कृत गर्ने क्रममा लायन्स क्लब अफ पोखरा पिस सिटीका वर्ष ०१३-१४ का सचिव टंकराज अधिकारीलाई बर्ष उत्कृष्ट सचिवको अवार्डबाट सम्मानित गरिएको छ ।
कार्यक्रममा उत्कृष्ठ क्लब अध्यक्षमा लायन्स क्लब अफ काठमाडौं गोंगबुका धर्मेन्द्रराज जोशी र उत्कृष्ठ क्लब कोषाध्यक्षमा लायन्स क्लब अफ गल्याङ सिटीका लेखनाथ भट्टराई घोषित हुदैं पुरस्कृत गरिएको थियो ।

डिष्ट्रिक्ट अन्र्तगत रहेका करिव १५० क्लब मध्येमा लायन्स क्लब अफ काठमाडौ गोंगबु पहिलो र लायन्स क्लब अफ पोखरा पिस सिटी दोश्रो क्लब घोषित भएको छ । उनीहरुलाई अवार्ड बितरण समारोहका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रियका निर्देशक रत्ना स्वामी मुरुगन, डिष्ट्रिक्ट गर्भनर युक्त प्रसाद श्रेष्ठ लगाएत अग्रज लायन्स लिडरहरुले संयुक्त रुपमा सम्मानित गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अन्र्तराष्ट्रियका निर्देशक रत्ना स्वामी मुरुगनले डिष्ट्रिक गभर्नर युक्त प्रसाद श्रेष्ठले लिएको लक्ष्य अनुरुप कार्य गर्न सफल भएकाले लायन अन्तराष्ट्रियमा डिष्ट्रिक ३२५ बी १ नेपाल सर्बोकृष्ट डिष्ट्रिकका रुपमा दर्ज बनाएकोले गभर्नरको कार्यकाल लायन्स इतिहासको स्वर्णीम कार्यकाल भएको बताए ।
पदस्थापन कार्यक्रम सम्पन्न
सोही दिन लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी १ नेपालको वर्ष ०१४-१५ डिष्ट्रिक गभर्नर लगाएत डिष्ट्रिक पदाधिकारीहरुकोे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि लायन्स अन्र्तराष्ट्रियका निर्देशक रत्ना स्वामी मुरुगनले उद्घाटन गरेको कार्यक्रममा पदस्थापन अधिकृत मुरुगनले बर्ष ०१४-१५ का डिष्ट्रिक गभर्नर भुगोल शेरचन, प्रथम भाईस डिष्ट्रिक गर्भनर ध्रुव बहादुर थापा, द्धित्तिय भाईस डिष्ट्रिक गर्भनर बालाकृष्ण बुर्लाकोटीलाई पद तथा गोपनियताको सपथ खुवाई सयुक्त पदस्थापन गरेका थिए । सोही अवसरमा चिफ को–अर्डिनेटर, कोअर्डिनेटर, रिजन चेयरपर्सन, जोन चेयरपर्सन, डिष्ट्रिक्ट चेयरपर्सन लगाएतलाई समेत सपथ खुवाएका थिए