फेदी नेवाः साँस्कृतिक गुठीको अध्यक्षमा हस्तकुमार


पोखरा, साउन-
फेदी नेवाः साँस्कृतिक गुठी, देउराली फेदी कास्कीको सम्पन्न अबिधेशनले हस्तकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षका उत्तरकुमार जोशी सचिवमा उत्तम कुमार श्रेष्ठ, सह सचिबमा मोहन जोशी र कोषाध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सुरेन श्रेष्ठ, बसन्त श्रेष्ठ, कमली जोशी, बेलु जोशी, राजु जोशी र प्रेम जोशी चयन भएका छन् ।
फेदी नेवाः साँस्कृतिक गुठी, देउराली फेदी कास्कीको सम्पन्न अबिधेशनले सुरेन श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय युवा परिचालक समिती चयन गरेको छ । समितिमा सरोज श्रेष्ठ र मिलन श्रेष्ठ चयन भएको छन् ।
फेदी नेवाः सांस्कृतिक गुठीले विगत ५ बर्ष देखि विभिन्न चाडपर्व पारी नेवारी नाचहरु प्रदर्शन गदै आएको छ । नवनिबाचित अध्यक्ष हस्तकुमार श्रेष्ठले नेवारी भाषा भेषभुसा संस्कृति तथा नेवारी परम्पराको जगेर्ना तथा संरक्षणको लागि विभिन्न कदमहरु चाल्नको लागी आफु तयार भएको प्रतिबदता गर्नुभयो ।
युवा परिचालक समितीका संयोजक सुरेन श्रेष्ठले नेवारी भाषा भेषभुसा संस्कृतिको जगेर्ना तथा संरक्षणको लागि युवाहरुको ठूलो भुमिका र अग्रजहरुबाट धेरै कुरा सिक्नु आवश्यक रहेको बताउनुभयो ।
फेदी नेवाः साँस्कृतिक गुठी, देउराली फेदीका कार्यवाहक अध्यक्ष उत्तरकुमार जोशीको अध्यक्षतामा भएको कार्यक्रममा साँस्कृतिक गुठीका भुपु अध्यक्ष जुमलाल श्रेष्ठ, दोभान आमा समुहका अध्यक्ष बेलु जोशी लगायतले बोल्नुभएको थियो ।