विश्वआदिवासी दिवस सप्ताहव्यापी कार्यक्रमको दोश्रो दिन


हुम तमु
पोखरा,  साउन
२० औं विश्व आदिवासी दिवस सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीद्धारा आयोजित सप्ताह व्यापी कार्यक्रमको दोश्रो दिन आइतवार पोखरा १७ स्थित तमु ह्युलाचोक सरसफाई गरिएको छ ।
सप्ताह व्यापी कार्यक्रम अन्र्तगत तमु धिं नेपालको आयोजना र तमु सहयोग समिति पार्दीको व्यवस्थापनमा कास्कीका आदिवासी जनजातिहरुले तमुवानको पहिचान तमु ह्युलाचोक सरसफाई गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष पानबहादुर घर्तीले नेपालका आदिवासी जनजातिका अधिकार नयाँ बन्ने संविधानले सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहिचानसहितको संघीयता, तमुवान सहितको संविधान बन्नुपर्नेमा जोड दिनुभयो । झरीमा पनि तमु लगायत तमुवानबासीले आत्मसम्मान गर्ने तमु ह्युलाचोक सफाईमा जुट्ने आदिवासी जनजातिहरुले आफ्नो अधिकार प्राप्ति र मुलुकको अराजकता, राजनैतिक विभेद, विकृती विसंगति सफाई गर्न जुट्नुपर्ने उहाँको भनाई थियो ।
आदिवासी जनजाति महासंघ कास्कीका सचिव पुर्ण ह्योल्मोले कास्कीमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको जानकारी दिनुहुदै तमु ह्युला चोकलाई राज्यबाट तत्काल मान्यता दिनुपर्ने बताउनुभयो ।
तमु धिं नेपालका सचिव गिरीप्रसाद गुरुङले विश्व आदिवासी दिवस आदिवासी जनजातिहरुको महान पर्व हो भन्नुहुदै यसको महत्व र वर्तमानमा नेपाली आदिवासीले आफ्ना अधिकार सुनिश्चित गर्न एवं पहिचान सहितको संघीयता दवाव दिनुपर्नेमा जोड दिनुभयो ।
तमु सहयोग समिति पार्दीका अध्यक्ष क्याप्टेन चेतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बगालेटोल तमु समाजका अध्यक्ष सुवेदार मेजर सुकबहादुर गुरुङ स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तमु सहयोग समिति पार्दीका अध्यक्ष क्याप्टेन चेतबहादुर गुरुङले झाडु लगाएर शुरु गरिएको सरसफाई कार्यक्रममा पार्दी समाजका सदस्यहरु, तमु धिं नेपालका क्षेत्रीय अध्यक्षहरु, विभिन्न जातिय संस्थाका अगुवाहरु, आदिवासी जनजाति महासंघका अगुवाहरुको बृहत सहभागिता रहेको थियो ।
यसरी नै सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सोमवार नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति, कास्की र राष्ट्रिय उच्च मावि समन्वय समितिको व्यवस्थापनमा राष्ट्रिय उच्च माविम ा बिहा संघीय शिक्षा प्रणालीबारे अन्तरक्रिया आयोजना गरिएको विद्यार्थी महासंघका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो ।