मांगाको घाउमा मलम लाउन सबै नेपाली जुटौ


हेमन्त रानाभाट
कोषाध्यक्ष एनआरएनए, स्पेन

नोट :– मैले सम्पूर्ण बार्सिलोनाबासी नेपाली समुदायलाई नेपाली चलचित्र ६ एकान ६ हेर्न अनुरोध गर्दै ,पिडितलाई कही कतैबाट हामीले सहयोग गर्न सकियोस् भन्ने ध्ययले यो कबिता रचना गरेको हु ।
पहाडमा जन्म हाम्रो, बाच्ने खनी खोस्री,
काल बन्यो आज आफ्नै सप्तकोशी ।
कोही हराउदै कोही – कराउदै कतै बेहोशी,
अनाहकमा ज्यान गुमाउनु, को थियो र दोषी ?

गाउ मरो मांखा सप्तकोशी कै काखमा थियो,
कयौ सपना आज त्यही बगरमा मिलाई दियो ।
अब कहिले नदोरियोस यस्तो प्राकृतिक विपत्ति,
आफूलाई गुमाएर के काम बचेको सम्पती ।

संसारलाई थाम्ने रे, भगवान तिमी कहाँ थियौ,
लाचार नबन तिमी दुख सहने शक्ती देऊ ।
सप्तकोशी खुलिदेउ समुन्द्र्लाई भेट्न जाऊ,
यस्तो भयाबह रुपमा अब तिमी कहिल्यै न आऊ ।

मांगाको पिडाले हर नेपाली रोको छ ,
हातमा हात काधमा काध मिलाउने बेला भाको छ ।
आउनुहोस दाजुभाई दीदिबहिनी आफ्नै ठाउबाट उठौ,
मांगाको घाउमा मलम लाउन सबै नेपाली जुटौ ।।